News Portal

अष्ट्रेलियामा फहराइयो नेपालको झण्डा

हिमाली संचार संवाददाता
५०६ पटक

प्रदीप तिमल्सिना
क्यान्वेरा : दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी गरिएको छ।

शुक्रबार, शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले प्रत्यक्ष अवलोकन गरेको बहुसाँस्कृतिक मेलामा क्यान्वेरास्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धन गराउने उद्देश्यले स्टल राखी सर्वसाधारणलाई जानकारी प्रदान गरेको छ ।

साथै दूतावासका कर्मचारीहरुद्वारा नेपाल भ्रमणको निम्तो पनि दिइएको छ। क्यान्वेरा राष्ट्रिय बहुसाँस्कृतिक मेला आफ्नो कार्यकालको पहिलो अनुभव भएको र नेपाली सहभागिता आफूले सोचे भन्दा राम्रो रहेको कार्यबाहक राजदूत दुरपदा सापकोटाले बताइन् ।

स्थानीय नेपाली संघ संस्था र नेपाली समुदायको सहयोगमा छोटो समयमै तय भएको उक्त र्‍यालीमा नेपाली पहिचान गराउने झण्डा र ब्यानर बोकी नेपाली भेषभुषामा सजिएर नगर परिक्रमा गर्दा उपस्थित् सर्बसाधारणको ध्यान नेपाली झन्डामा केन्द्रित भएको थियो भने अष्ट्रेलियन टेरिटोरी सरकारले तैयार गरेको भिडियोमा समेत नेपाली झन्डालाई पनि चित्रण गरिएको छ ।

चिनिया मुलका साम चोङ्गले नेपाली झन्डा संसारमै अलग पहिचान बोकेको भनि तारिफ गरेका थिए भने क्यान्वेरा कि रोज्मारी वुड नेपाली टोली आउन साथ नमस्ते नमस्ते गर्दै उत्साहित भएकी थिइन् ।

राजधानीको मुटुमा आयोजना हुने यस्तो महत्वपूर्ण महोत्सवमा नेपाली झाकीलाई अझ बढी आकर्षक बनाउनसके नेपाली कला संस्कृतिको प्रवर्धन गर्न सकिने कार्यवाहक राजदूत सापकोटाले बताइन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...