News Portal

काेसेली समूह कुवेतकाे अध्यक्षमा आचार्य चयन

हिमाली संचार संवाददाता
५१५७५ पटक

कुवेत : कोसेली समुह कुवेतले ११आै वार्षिक उत्सव संगै चौथो अधिबेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्य अध्यक्षमा निर्बाचित भएका छन ।

अर्थात १५ फेब्रवारी२०१९ शुक्रवारको दिन फरवनियामा सम्पन्न
उक्त कार्यक्रमका अध्यक्ष नबराज पन्थीको सभापतित्वमा र प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत प्रकाशमणि पौडेल,रहेका थिए भने बिशेष अथितिमा नेपाली दूतावास कुवेतका, दूर्तिय सचिव ज्ञान बहादुर मगर, एन आर एन ए, कुवेतकी अध्यक्ष सुमित्रा पौडेल लगायतको आथित्यमा पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो।

कार्यक्रम संचालक सचिव चन्द्र बिस्वकर्माले गरेका थिए भने कार्यक्रमको सुभारम्भ गर्नका निमित्त राष्ट्र र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रिय गान साथै सस्थाका महासचिव जीवन बिकले स्वागत मन्तव्य राखेका थीए।

कुवेतको एकमात्र मरुभूमि (छापा पत्रिका) विमोचन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि तथा यसै सस्थाका संरक्षक तथा सल्लाहकारद्वारा विमोचन गरिएको थियो भने संस्थाको तर्फबाट सम्छिप्त रूपमा संस्थाको गतिबिधि प्रस्तुत गर्दै संस्थागत मन्तब्य, आयोजक नव नियुक्त अध्यक्ष आनन्द आचार्यले गतिबिधि प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरुबाट साहित्य वाचन गरी सहित्यमय वातावरण भएको थियो। कार्यक्रममा समूहले नेपाल कुवेत पत्रकार महासंघ शाखाका अध्यक्ष हरीकृष्ण न्यौपानेलाई कुवेत जस्तो ठाउमा रहेर निस्पक्षय पत्रकारिता र बिभिन्न परोपकारी कार्यहरू गर्दै आएको बताऊदै उक्त कार्यको कदर गर्दै न्यौपानेलाई समूहले सम्मान गरेको थियो।

नयाँ कार्यसमिति सस्थाको नियमित बैठक पछी, संरक्षक सल्लाहकारहरुको उपस्थितिमा पूरानो कार्यसमिति भंग गरि नया कार्यसमिति चयन गरिसकेको हुनाले उक्त दिन संस्थाको संरक्षक मनु भुजेलले नयाँ कार्यसमितिको नामावालीहरु सार्वजानिक गरेका थिए। कार्यक्रममा विभिन्न संघसस्था सङ्गठन, राजनीति सस्थाहरु र धार्मिक सस्थाहरुबाट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

शुभकामना मन्तव्य राख्ने क्रममा सुजन केसी, प्रदीप नेपाली, कुमार झापाली, दिल पख्रिन, हरीकृष्ण न्यौपाने, तेस्तै एनआरएनए कुवेतबाट अध्यक्ष सुमित्रा पौडेल, नेपाली दूतावास कुवेतबाट ज्ञान बहादुर मगर, प्रकाशमणी पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको समिक्षा गर्दै प्रवासी भूमिमा रहेता पनी कोसेली समूहले कुवेतमा रहेर निकै महत्वपुर्ण निभाएकोले, आगामी दिनहरुमा पनि यसरीनै निरन्तरता बढी रहोस भन्दै नव नियूक्त कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

अन्त्यमा आयोजक समूहका अध्यक्ष आनन्द आचर्यबाट उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो। कोसेली समूह कुवेतको नयाँ क्रार्य समितिको तालिका निम्न अनुसार रहेको छ।

संरक्षक

सुजन केसि

सल्लाहकारहरु

मनु भुजेल मगर, इन्द्र पोखरेल, तोयानाथ दाहाल, शिब प्रसाद कोइराला,

अध्यक्ष तथा प्रवन्ध निर्देशकः आनन्द आचार्य

उपाध्यक्षः  टोमलाल पराजुली, जिवन कुमार बि.क., जानकी जानु,

महासचिवः मित्रभक्त आचार्य

सचिवः जयनारायण माझी थारु

कोषाध्यक्षः राजन श्रेष्ठ

सह–कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ

कार्यकारी सदस्यः गौतम अम्गाईं, खड्ग कार्की,चन्द्रकला बि.क.

उपरोक्त बमोजिमको कार्य समिति रहने छ भने कोसेली बचत कोषमा रहेका सम्पुर्ण सदस्यहरु स्वतः पदेन सदस्य रहनेछन् ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...