News Portal

‘फेवर्ड नेशन’बाट पाकिस्तानलाई हटाएर भारतले लियो ४० सुरक्षाकर्मी मारेको बादला

हिमाली संचार संवाददाता
६२६ पटक

नयाँ दिल्ली : जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । पाकिस्तान विरुद्धको पहिलो कारवाही स्वरुप भारतले पाकिस्तानलाइ फेवर्ड नेशन’बाट हटाएको छ।

४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत-पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ ।

शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को भएको छ । यो बैठकमा छिमेकी मुलुक पाकिस्‍तानविरुद्ध सबैभन्दा ठुलो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशन (एमएफएन) को दर्जा फिर्ता लिएको हो ।

के हो मोस्‍ट फेवर्ड नेशन !

एमएफएन अर्थात् मोस्‍ट फेवर्ड नेशनको दर्जा पाएका देशले भारतसँगको व्यापारमा विविध सुविधा पाउँछन् । यो सुविधाले पाकिस्तानलाई अधिक आयात कोटा र कम व्यापारिक कर मिल्ने गरेको छ। अर्कातिर मोस्‍ट फेवर्ड नेशनको दर्जा पाउने देशलाई व्यापारका क्रममा कुनै पनि किसिमको असर नपार्ने प्रतिवद्धता पनि भारतले गरेको हुन्छ ।

पुलवालामा भएको आक्रमणअघि सम्म पाकिस्‍तानले कुनै पनि हालतमा आफूलाई भारतले दिएको यो सुविधा खोसिएर आर्थिक सवालमा कुनै असर नपर्ने विश्वास लिएको थियो । मोस्‍ट फेवर्ड नेशन दर्जाबाट पाकिस्‍तानका व्‍यापारीलाई विविध सुविधा र कर छुट पनि मिल्छ । भारतले यो दर्जाबाट पाकिस्तानलाई हटाएपछि अब व्यापारमा असर पर्नेछ ।

विश्‍व व्‍यापार संगठन (डब्‍ल्‍यूटीओ) को सदस्‍यका रुपमा हरेक देशलाई एक दोस्रोबीच मोस्‍ट फेवर्ड नेशनको दर्जा दिइनु पर्छ । तर यो अनिवार्य भने हुँदैन । भारतले पाकिस्तानलाई सन् १९९६ मा मोस्‍ट फेवर्ड नेशनको दर्जा दिएको थियो । तर पाकिस्तानले आश्वासन दिएर पनि भारतलाई अहिलेसम्म यो दर्जा दिएको छैन । यसअघि भारतले जम्‍मु-कश्‍मीरको उरीमा आक्रमण भएपछि पहिलो पटक पाकिस्तानलाई दिइएको एमएफएन दर्जाबारे पुनर्विचार गरेको थिइयो ।

कति छ ब्यापार !

डिसेम्बर २०१८ मा विश्व बैंकको एक रिपोर्ट आएको थियो । यस रिपोर्टमा भारत र पाकिस्तानबीच २ अर्ब डलर (१४ हजार करोड भारु) को व्यापार हुने देखाएको थियो । रिपोर्टमा यी दुई देशको व्यापार ३७ अर्ब डलर (२.६२ लाख करोड भारु) सम्‍म बढ्ने अनुमान गरिएको थियो ।

के के निर्यात गर्छ भारत !

अहिले भारतले पाकिस्तानतर्फ प्रमुख रूपमा चिनी, चिया, ओयल केक, पेट्रोलियम तेल, कटन, टायर, रबरसमेत १४ वस्‍तु निर्यात गर्छ । भारतले पाकिस्‍तानबाट अम्बा, आँप, कटहर, फ्रेबिक कटन, साइक्लिक हाइड्रोकार्बन, पोर्टल्यान्ड सिमेन्ट, कपर वेस्‍ट र स्‍क्र्याप जस्ता सामान आयता गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...