News Portal

गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको गोली लागेर पत्रकार सुनिरा घाइते

हिमाली संचार संवाददाता
५४० पटक

काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार सुनिरा मैनालीलाई प्रहरीको गोली लागेर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार महासंघ झापा शाखाका सदस्य एवं बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत फागुन १ गते गृहमन्त्रीको सुरक्षामा खटिएको प्रहरीले चलाएको गोली लागेर घाइते भएको जनाएका छन् ।

‘फागुन १ गते झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागेर घाइते हुनु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नागरिकको सुरक्षामा खटिएका प्रहरीबाट गरिएको यो लापरवाहीको कडा शब्दमा भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य छेटु शेर्पा, महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटा लगायतको टोलीले पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख यमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

ड्युटीमा रहेका प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छिन्। गृहमन्त्री रामबहादुर थापा झापा जाने क्रममा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएको थियो । लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो । छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शेर्पाले बोकेको सर्टगन सम्वेदनशील रहेको र अलिक घाममा तात्ने बितिकै पड्किन सक्ने यसको बिशेषता रहेको बताइएको छ । मैनालीको खुट्टाबाट गोलीको छर्रा निकालेपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । प्रहरी जवान शेर्पालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

              यस्तो छ बिज्ञप्ती:

मिति : २०७५।११।०३

नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवं बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार सुनिरा मैनालीको प्रहरीको गोली लागी घाइते भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ झापा शाखाका अनुसार फागुन १ गते झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते हुनु भएको थियो ।

महासंघ नागरिकको सुरक्षामा खटिएका प्रहरीबाट गरिएको यो लापरवाहीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य छेटु शेर्पा, महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटालगायतको टोलीले पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख यमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

………………
रमेश विष्ट
महासचिव

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...