News Portal

  • गफ हाँकेर पानीजहाज र रेल आउदैन : सभापति देउवा

    हिमाली संचार संवाददाता
    ४१० पटक

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध खनिएका छन्। ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम नभएकोले सरकार असफल भइसकेको उनले दाबी गरे। विकास निर्माण र कूटनीतिक हिसाबले चुकेर सरकार असफल भएको उनले बताए।

    ‘एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटै काम भएन। यसबाट स्पष्ट हुन्छ कि ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन,’  कांग्रेस भक्तपुरले शुक्रबार गरेको विरोध सभामा देउवाले भने, ‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दु:ख हुने थिएन। ओली सरकारले महंगी नियन्त्रण नगर्दा जनतालाई दैनिक जीवनयापनमा समेत अप्ठेरो परेको उनले बताए।

    ‘महंगी यति बढेको छ कि सर्वसाधारण जनतालाई बाँच्न गाह्रो भइसक्यो। जथाभावी कर बढाएको छ,’ देउवाले भने। ओली सरकारले कुरा ठूला गरे पनि काम केही नगरेको दाबी देउवाको छ। ‘ओलीले ठूला-ठूला गुड्डी हाँकेका छन् कहिले पानीजहाज ल्याउँछु भन्छन्, कहिले रेल ल्याउँछु भन्छन्। गफ हाँकेर रेल आउँछ?,’ देउवाले प्रश्न गरे।

    भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको देउवाले आरोप लगाए। ‘विकास निर्माणमा त केही गरेनन्। अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारेका छन्,’ उनले भने, ‘भेनेजुयलाबारे जे पायो त्यही बोलेको छ।

    मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत भएको आरोप देउवाको छ। प्रधानमन्त्रीको क्षेत्रमा विकास निर्माणका ठूला योजनामा बजेट ओइरिएको समाचार सार्वजनिक भएका बेला देउवाले त्यसतर्फ लक्षित गर्दै भने, ‘देश भनेको आफ्नो जिल्लामात्रै होइन नि। सबैतिर समान विकास गर्नुपर्यो ।

    विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर पनि सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको भनाइ छ। विपक्षी दलले संसदमा वेल घेराउ गर्दा संसारमा कहीँ पनि विधेयक पास नहुने भए पनि नेपालमा पास गरेर सरकारले अधिनायकबादी चरित्र प्रदर्शन गरेको देउवाले आरोप लगाए।

    ‘सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए। सेतोपाटी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...

    सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

    काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा...