News Portal

दोलखाली समाज युएइले बनभोज कार्यक्रमको आयोजना गर्दै

हिमाली संचार संवाददाता
५२६ पटक

युएई : वैदेशिक रोजगारीको सिलसिलामा दोलखा जिल्लाबाट युएइ गएका दोलखालीहरुको साझा सङगठन दोलखालि समाज युएइले यहि मार्च १ तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजका उपाध्यक्ष सुनिल श्रेष्ठका अनुसार ३०० भन्दा बढी दोलखाली उपस्थित हुने उक्त कार्यक्रममा स्थानिय कलाकारहरुबाट बिबिध सास्कृतिक कार्यक्रम सन्चालन हुनाका साथै विविध खेलकुद तथा मनोरञ्जनका कार्यक्रम पनि सन्चालन गरिने भएको छ ।

हाल दोलखाली समाज युएइको सदस्य सन्ख्या केहि कम भए पनि यो आर्थिक बर्स भित्रमा कम्तिमा ५०० सदस्यलाइ सदस्यता बितरण गर्ने योजनामा दोलखाली समाज युएइ रहेको समाजका महासचिब एबम सङगठन बिभाग प्रमुख सन्तोस भुजेलका अनुसार हाल युएइमा ३००० को हाराहारीमा दोलखाली रहेको भएता पनि दोलखाली समाजका कार्यसमितीका साथीहरुको कार्य ब्यस्तताका कारण सबै दोलखालीलाइ समेट्न नसकिएको तर यो बर्स भित्रमा धेरै दोलखाली साथिहरु समेटिने कुरा जानकारी दिनु भयो ।

दोलखाली समाजका अध्यक्ष नवराज बस्नेतका अनुसार दोलखाली समाज अब छिटै बैधानिक बन्ने सस्थालाइ जिल्ला प्रसासन कार्यलय दोलखामा दर्ता गर्नको लागी प्रक्रिया को थालनी भइ सकेको र दशै अगाडी नै दर्ता भइ सक्ने कुरा जानकारी दिए।

उनका अनुसार आजसम्म दोलखाली समाज युएइले गरेका सबै कार्यक्रमहरु युएइ स्थित नेपाली दूतावासलाइ जानकारी गराएर गरिएको साथै कतिपय कार्यक्रममा दूतावासबाट सहभागिता समेत रहने गरेको छ उनले भने।

मार्च १ तारिखमा हुने उक्त बनभोज कार्यक्रममा पनि युएइमा रहने क्रियासिल सम्पुर्ण सघसस्थाहरुलाइ निमन्त्रणा गरिने र इच्छुक दोलखा भन्दा बाहिरका साथीहरुलाइ पनि समाबेस गराउन मिल्ने कुरा सस्थाका सचिब एबम प्रचारप्रसार बिभागका सम्योजक लोक प्रसाद दाहालले जनाए।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...