News Portal

नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने

हिमाली संचार संवाददाता
५९० पटक

मकाउ : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै फेब्रुअरी १९ तारीखका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली काँग्रेसका सचेतक एवं सांसद बाल कृष्ण खाँडको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रमलाई सफल बनाउनका लागि बिशेष अतिथि नेपाली काँग्रेसका सांसद एवं पूर्ब सिंचाई मन्त्री संजय गौतम र नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरूङको उपस्थिति जनाउने हुने छ।त्यसै गरी नेपाली जनसम्पर्क समिति हंगकंगका बर्तमान र पूर्ब कार्य समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहने छ ।

नेपाली जनसम्पर्क समिति मकाउ सन २०१३ को जुन १४ का दिन नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा अम्बिर जोशीको नेतृत्वमा २७ सदसीय कार्य समिति गठन गरीएको थियो त्यस पछि सन २०१५ देखि सन २०१८ सम्म शुदर्शन थापा मगरको नेतृत्वमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति गठन गरीएको थियो।

सन २०१८ देखि सन २०२० सम्मका लागि लेख बहादुर गुरूङको नेतृत्वमा २५ सदसीय कार्य समिति गठन गरीएको छ।यसै कार्य समितिले नै नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ मनाउने लक्ष्यका साथ अगाडी बढेको छ।

       तपशील
मिति :  २०१९/२/१९ तारीख मंगलबार
समय : बेलुकी १८:०० बजे
स्थान : मेट्रोपोल होटल मकाउ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...