News Portal

नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने

हिमाली संचार संवाददाता
५२२ पटक

मकाउ : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै फेब्रुअरी १९ तारीखका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली काँग्रेसका सचेतक एवं सांसद बाल कृष्ण खाँडको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रमलाई सफल बनाउनका लागि बिशेष अतिथि नेपाली काँग्रेसका सांसद एवं पूर्ब सिंचाई मन्त्री संजय गौतम र नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरूङको उपस्थिति जनाउने हुने छ।त्यसै गरी नेपाली जनसम्पर्क समिति हंगकंगका बर्तमान र पूर्ब कार्य समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहने छ ।

नेपाली जनसम्पर्क समिति मकाउ सन २०१३ को जुन १४ का दिन नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा अम्बिर जोशीको नेतृत्वमा २७ सदसीय कार्य समिति गठन गरीएको थियो त्यस पछि सन २०१५ देखि सन २०१८ सम्म शुदर्शन थापा मगरको नेतृत्वमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति गठन गरीएको थियो।

सन २०१८ देखि सन २०२० सम्मका लागि लेख बहादुर गुरूङको नेतृत्वमा २५ सदसीय कार्य समिति गठन गरीएको छ।यसै कार्य समितिले नै नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ मनाउने लक्ष्यका साथ अगाडी बढेको छ।

       तपशील
मिति :  २०१९/२/१९ तारीख मंगलबार
समय : बेलुकी १८:०० बजे
स्थान : मेट्रोपोल होटल मकाउ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...