News Portal

काँग्रेस महामन्त्री खड्कालाई गृहजिल्ला सुर्खेतमा भव्य स्वागत

हिमाली संचार संवाददाता
५०४ पटक

सुर्खेत, २ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं नेता कार्यकर्ता र सर्वसाधारण पुगेका थिए ।

बुद्ध एयरको विमानबाट ओर्लने वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी, पार्टी सचिब टोप बहादुर रावत लगायत ठुलो संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताले खादा दिएर स्वागत गरेका थिए । त्यसपछि बीरेन्द्रनगर बजार हुदै खड्का आफ्नो निवासमा पुगेका थिए ।

महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमार्फत स्वर्गिय आमाको वर्षदिनको बरखी कर्ममा सहभागी हुन तीन दिनको लागि आफु सुर्खेत आएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...