News Portal

काँग्रेस महामन्त्री खड्कालाई गृहजिल्ला सुर्खेतमा भव्य स्वागत

हिमाली संचार संवाददाता
५५३ पटक

सुर्खेत, २ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं नेता कार्यकर्ता र सर्वसाधारण पुगेका थिए ।

बुद्ध एयरको विमानबाट ओर्लने वित्तिकै पार्टी सभापति कमलराज रेग्मी, प्रदेश सभा सासद यज्ञबहादुर बिसी, पार्टी सचिब टोप बहादुर रावत लगायत ठुलो संख्यामा आएका काँग्रेसका नेता कार्यकर्ताले खादा दिएर स्वागत गरेका थिए । त्यसपछि बीरेन्द्रनगर बजार हुदै खड्का आफ्नो निवासमा पुगेका थिए ।

महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमार्फत स्वर्गिय आमाको वर्षदिनको बरखी कर्ममा सहभागी हुन तीन दिनको लागि आफु सुर्खेत आएको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...