News Portal

त्रिभुन जनता माविलले ४३ औं वार्षिक उत्सव मनाउदै

हिमाली संचार संवाददाता
३९७ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ । वार्षिक उत्सवसँगै विद्यालयले ३ दिन सम्म अतिरिक्त क्रियाकलापको आयोजना गर्ने जनाएको छ ।

विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथि गोविन्द कुमार पुनले नगरका सवै शैक्षिक संस्थाहरुमा परिर्वतनको खाँचो रहेको औल्याउनु भयो। विद्यार्थी, अभिभावक, शिक्षक र सरोकारवाला निकाय सवैको शिक्षा क्षेत्र सुधारका निम्ती जरुर सहयोग आवश्यक रहेको जनाउनु भएको छ ।

शिक्षामा आमुल परिर्वतनका लागि आफुले नितीगत व्यवस्था पारित गरि काम गर्न खोजेको जनाउनु भएको छ । यसमा सवैको सहयोग भए शिक्षा क्षेत्र सुधारमा कोशेढुङ्घा हुने जनाउनु भएको छ । शिक्षा क्षेत्र सुधारका लागि आफु नगर प्रमुखको हैसियतले के गर्नु पर्छ त्यो त्याग गर्न तयार रहेको जनाउनु भएको छ । त्यसै गरि कार्यक्रममा विद्यालयका प्रअ. गुमान सिं विष्टले विदालयको योजना,कार्यनीती र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएका थियो ।

वार्षिक उत्सव भेलामा बनगडा कुपिण्डे नगरपालिकाका प्रशासकिय प्रमुख नोखिराम वली,नगर शिक्षा शाखाका रोम प्रसाद पाण्डे,श्रोत व्यक्ती चक्र रावत, वडा अध्यक्ष कमाल वि.क. ४ नम्बर वडा अध्यक्ष मोमत रोका, पुर्व वि व्यस अध्यक्ष, पार्टि प्रतिनिधी, जनप्रतिनीधी र उल्लेख्य अभिभावकको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिलाल विष्टको सभा अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन विद्यालयका शिक्षक विरेन्द्र शाहीले गर्नु भएको थियो । आज नै नगर प्रमुख पुनले अतिरिक्त क्रियाकलाप तर्फको भलिभवल खेलको समेत उद्घाट गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...