News Portal

डब्लु डब्लु जे सुर्खेतको अध्यक्षमा भण्डारीलाई चयन गर्दै ९ सदस्यीय कार्यसमिति गठन !

हिमाली संचार संवाददाता
७६० पटक

सुर्खेत – क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन भएकी छन् । डब्लु डब्लु जे शाखा सुर्खेतको शनिवार सम्पन्न पाँचौ अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा चादनी केसी, सचिवमा सविता जिसी, सहसचिवमा प्रभा रावत र कोषाध्यक्षमा सीता वली चयन भएका छन् । नवगठित समितिको सदस्यहरुमा कल्पना ढेङ्गा मगर, अप्सरा विष्ट, निरु घताने र सीता आचार्य रहेका छन् । यस्तै कार्यसमितिको सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश उपाध्यक्ष डम्मर आचार्य र डब्लु डब्लु जे शाखाका निवर्तमान अध्यक्ष मुना हमाल रहेका छन् ।

अधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार महिलाहरुको मुद्दामा एकढिक्का भएर लाग्नको लागि समितिलाई आग्रह गरे । यस्ता खालका समितिले पत्रकार महिलालाई सशक्त बनाएको भन्दै सेजुवालले महिलाका हककअधिकार र महिलाका समस्यालाई चिर्दै अगाडी बढ्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले पत्रकार महिलाहरु एकजुट भएर अघि बढेमा महिलाका अधिकार प्राप्तीको लागि सहज हुनुको साथै महिलाका मुद्दाहरु अगाडी बढाउन सहज हुने बताइन् । डबलु डब्लु जे कर्णाली प्रदेशका संयोजक तीला भण्डारीले क्रियाशिल रुपमा कार्यरत पत्रकार महिलाहरुको हक अधिकारको साथै समग्र महिला तथा बालवालिकाको विषयमा आवाज उठाउन सहज हुने बताइन् । उनले यस समूहले सबैको आवाज लिएर अघि बढ्नुपर्ने सुझाव दिइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...