News Portal

डब्लु डब्लु जे सुर्खेतको अध्यक्षमा भण्डारीलाई चयन गर्दै ९ सदस्यीय कार्यसमिति गठन !

हिमाली संचार संवाददाता
७५३ पटक

सुर्खेत – क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन भएकी छन् । डब्लु डब्लु जे शाखा सुर्खेतको शनिवार सम्पन्न पाँचौ अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा चादनी केसी, सचिवमा सविता जिसी, सहसचिवमा प्रभा रावत र कोषाध्यक्षमा सीता वली चयन भएका छन् । नवगठित समितिको सदस्यहरुमा कल्पना ढेङ्गा मगर, अप्सरा विष्ट, निरु घताने र सीता आचार्य रहेका छन् । यस्तै कार्यसमितिको सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश उपाध्यक्ष डम्मर आचार्य र डब्लु डब्लु जे शाखाका निवर्तमान अध्यक्ष मुना हमाल रहेका छन् ।

अधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार महिलाहरुको मुद्दामा एकढिक्का भएर लाग्नको लागि समितिलाई आग्रह गरे । यस्ता खालका समितिले पत्रकार महिलालाई सशक्त बनाएको भन्दै सेजुवालले महिलाका हककअधिकार र महिलाका समस्यालाई चिर्दै अगाडी बढ्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले पत्रकार महिलाहरु एकजुट भएर अघि बढेमा महिलाका अधिकार प्राप्तीको लागि सहज हुनुको साथै महिलाका मुद्दाहरु अगाडी बढाउन सहज हुने बताइन् । डबलु डब्लु जे कर्णाली प्रदेशका संयोजक तीला भण्डारीले क्रियाशिल रुपमा कार्यरत पत्रकार महिलाहरुको हक अधिकारको साथै समग्र महिला तथा बालवालिकाको विषयमा आवाज उठाउन सहज हुने बताइन् । उनले यस समूहले सबैको आवाज लिएर अघि बढ्नुपर्ने सुझाव दिइन् ।

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...