News Portal

डा. परिश्रमीको अभिनन्दन हुँदै

हिमाली संचार संवाददाता
५०० पटक

काठमाडौं -प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने “परिश्रमी” को अभिनन्दन हुने भएको छ । उनलाई सर्वदा साहित्य सङ्गमले षष्टिपुर्ती अभिनन्दन गर्न लागेको हो ।

साठी वर्ष उमेर पार गरेको चर्चित, प्रसिद्ध र लोकपृय बृद्ध व्यक्तिलाई यस प्रकारको अभिनन्दन गर्ने परिपाटी रहेको कुरा सो संस्थाका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले बताए । यहि कार्तिक २ गते नेपालगंजमा एक समारोहका बिच डा. परिश्रमीलाई अभिनन्दन गरिने जानकारी कार्यक्रम संयोजक हरि प्रकाश भन्डारीले दिएका छन् ।नवलपरासीको बर्दघाट निवासी परिश्रमी तृभुवन विश्व विद्यालयमा प्राध्यापन गर्छन् । नेपाली गजल विषयमा पहिलो पल्ट विद्यावारिधी गर्ने परिश्रमीका विभिन्न बिधामा तेईस वोटा कृति प्रकाशित छन् । यो मौसम, घामको छहारीमा, जुन चुहेको रात, जूनको चुम्बन र कविता कानन उनका चर्चित कृति हुन् ।

२०१५ सालमा जन्मेका परिश्रमी गजल सौन्दर्य उपासकको नामले प्रख्यात छन् । उनको “गजल सौन्दर्य मीमांसा” नामक समालोचना ग्रन्थ नेपालमा अत्यधिक बिक्री भएका समालोचना कृतीमा चिनिन्छ ।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...