News Portal

डा. परिश्रमीको अभिनन्दन हुँदै

हिमाली संचार संवाददाता
४७३ पटक

काठमाडौं -प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने “परिश्रमी” को अभिनन्दन हुने भएको छ । उनलाई सर्वदा साहित्य सङ्गमले षष्टिपुर्ती अभिनन्दन गर्न लागेको हो ।

साठी वर्ष उमेर पार गरेको चर्चित, प्रसिद्ध र लोकपृय बृद्ध व्यक्तिलाई यस प्रकारको अभिनन्दन गर्ने परिपाटी रहेको कुरा सो संस्थाका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले बताए । यहि कार्तिक २ गते नेपालगंजमा एक समारोहका बिच डा. परिश्रमीलाई अभिनन्दन गरिने जानकारी कार्यक्रम संयोजक हरि प्रकाश भन्डारीले दिएका छन् ।नवलपरासीको बर्दघाट निवासी परिश्रमी तृभुवन विश्व विद्यालयमा प्राध्यापन गर्छन् । नेपाली गजल विषयमा पहिलो पल्ट विद्यावारिधी गर्ने परिश्रमीका विभिन्न बिधामा तेईस वोटा कृति प्रकाशित छन् । यो मौसम, घामको छहारीमा, जुन चुहेको रात, जूनको चुम्बन र कविता कानन उनका चर्चित कृति हुन् ।

२०१५ सालमा जन्मेका परिश्रमी गजल सौन्दर्य उपासकको नामले प्रख्यात छन् । उनको “गजल सौन्दर्य मीमांसा” नामक समालोचना ग्रन्थ नेपालमा अत्यधिक बिक्री भएका समालोचना कृतीमा चिनिन्छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...