News Portal

संसदमा सरकार विरुद्ध जनार्दन शर्मा कडा रूपमा प्रस्तुत

हिमाली संचार संवाददाता
३५४ पटक

काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले सिडिओलाई प्रदेश सरकार भन्दा माथि राख्ने प्रयास गरेको भन्दै सरकारको कडा शब्दमा विरोध जनाएका छन् । उनले यो विधेयक संघीयताको विरोधी जस्तो देखिएको भन्दै यसलाई संशोधन गर्न समेत माग गरेका छन् ।

प्रतिनिधि सभामा छलफलको क्रममा रहेको नेपाल प्रहरी, प्रदेश प्रहरीको सञ्चालन र सुपरीवेक्षण र समन्वयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको छलफलको क्रममा बोल्दै शर्माले संविधानले दिएको अधिकार ऐनले खोस्न लागेको भन्दै आपत्ति जनाएका हुन् । उनले यो विधेयक जस्ताको त्यस्तै पारित गर्ने हो भने संघीयता मौलाउन नसक्ने चेतावनी समेत दिएका छन् ।

उनले सिडिओलाई प्रदेश भन्दा माथि राखेर प्रदेशको संरचनालाई नै निकम्मा बनाउने खेल खेलिएको आरोप समेत लगाएका छन् । सरकारले ल्याएको विधेयकमा सरकार पक्षका प्रभावशाली नेताले दिएको यो अभिव्यक्तिलाई गम्भीरताका साथ हेरिएको छ । शर्माको विचारमा यदि यही व्यवस्था लागू गर्ने हो भने संघ र प्रदेशबीच थप द्वन्द्व हुने सम्भावना बढी हुन्छ ।

‘विधेयक बनाउनेले संविधानको अध्ययन नगरेकोजस्तो देखिएको छ’ उनले भने ‘संविधान प्रष्ट छ तर विधेयक अन्यौलपूर्ण छ। किन अन्यौलपूर्ण भयोरु संविधान किन पढिएन प्रदेशको अधिकार संकुचन गरिएको छ। उनले आफूले बाध्य भएर सरकारले ल्याएको विधेयकको विरोध गर्नु परेको प्रतिक्रिया दिए ।

शर्माले सरकारको विरोधमा अभिव्यक्ति दिएको यो पहिलो घटना भने होईन । सरकार संघीयता विरोधी गतिविधिमा लागेको भन्दै उनले सरकारले ल्याएका केही विधेयकहरु आफूले स्वीकार्न नसकेको बताएका थिए । दुई साता अघि नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०को स्थापना दिवसको दिन आयोजित एक कार्यक्रममा समेत उनले सरकारले देशलाई उल्टो गतिमा चलाईरहेको आरोप लगाएका थिए । त्यतिबेला कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमा आपत्ति जनाएका उनले मंगलबार भने संसदमा नै यस्तो आक्रोश पोखेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...