News Portal

नेकपाका नेताकै बाबुआमाले लिए दोहोरो वृद्धभत्ता

हिमाली संचार संवाददाता
४८४ पटक

उर्लाबारी : ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट वृद्धभत्ता लिइरहेको भेटिएको हो ।

भट्टराई दम्पतिका छोरा चन्द्र भट्टराई गत स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट उर्लाबारी नगरपालिकाको वडा नं ५ मा वडाध्यक्षका उम्मेद्वार थिए । आर्थिक रुपमा सम्पन्न नै भए पनि भट्टराई दम्पतीले उर्लाबारीको वडा नं ४ बाट २०७१ साल देखि नयाँ फारम भरेर भत्ता लिइरहेको पाइएको छ ।

यसअघि उनीहरूले साविक टाँडी गाविसको वार्ड नं ८ बाट २०६९ साल देखि वृद्ध भत्ता लिँदै आएको रेकर्ड छ। टाँडी–८ राज्य पुनर्संरचना पछि मिक्लाजुङ ३ भएको छ। गाउँपालिकबाट हालसम्म भट्टराई दम्पतिले बसाई सराई लिएका छैनन् ।

बसाई सराई नलिएसम्म वृद्ध भत्ताको सूचीबाट उनीहरूको नाम हटाउन नमिल्ने ब्यवस्था छ । तर, बसाई सराई विना नै उर्लाबारीको साविक वडा नं १ बाट भट्टराई दम्पतिको फारम कसरी भरियो ? वडाका कर्मचारी र वडाध्यक्ष नै बेखवर छन्। भट्टराई दम्पतिलाई दोहोरो भत्ता दिलाउन तत्कालिन गाविस कर्मचारी तेजनाथ घिमिरेको मुख्य हात रहेको जानकारहरू बताउँछन् ।

भट्टराई दम्पति हाल उर्लाबारी–४ का मतदाता हुन्। नेकपाका केही नेताहरूको मिलेमतो र सेटिङमा भट्टराई दम्पतिले दुई स्थानबाट वृद्धभत्ता बुझेको भट्टराई दम्पतिलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
मिक्लाजुङ गाउँपालिका वार्ड नं ३ का वडाध्यक्ष खगेन्द्र मादेनले भने बसाई सराई नलगेसम्म लगत काट्न नमिल्ने बताए ।

’उर्लाबारीबाट पनि सामाजिक सुरक्षा (वृद्ध भत्ता) लिएको जानकारी मलाई नै थिएन् । वृद्ध–वृद्धाले गलत नियत राखेर सरकारी रकम लिन्छन् भन्ने मैले कल्पना पनि गरेको थिइन ।’उनले दुई स्थानबाट भत्ता  लिएको प्रमाण पुगे एकातिरको रकम फिर्ता हुने बताए ।

यता उर्लाबारी–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालले भट्टराई दम्पतिले दोहोरो वृद्धभत्ता लिएको यथार्थ बुझेर कानूनी उपचार खोज्ने बताएको हाम्राकुराले समाचार लेखेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...