News Portal

नेकपाका नेताकै बाबुआमाले लिए दोहोरो वृद्धभत्ता

हिमाली संचार संवाददाता
५६३ पटक

उर्लाबारी : ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट वृद्धभत्ता लिइरहेको भेटिएको हो ।

भट्टराई दम्पतिका छोरा चन्द्र भट्टराई गत स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट उर्लाबारी नगरपालिकाको वडा नं ५ मा वडाध्यक्षका उम्मेद्वार थिए । आर्थिक रुपमा सम्पन्न नै भए पनि भट्टराई दम्पतीले उर्लाबारीको वडा नं ४ बाट २०७१ साल देखि नयाँ फारम भरेर भत्ता लिइरहेको पाइएको छ ।

यसअघि उनीहरूले साविक टाँडी गाविसको वार्ड नं ८ बाट २०६९ साल देखि वृद्ध भत्ता लिँदै आएको रेकर्ड छ। टाँडी–८ राज्य पुनर्संरचना पछि मिक्लाजुङ ३ भएको छ। गाउँपालिकबाट हालसम्म भट्टराई दम्पतिले बसाई सराई लिएका छैनन् ।

बसाई सराई नलिएसम्म वृद्ध भत्ताको सूचीबाट उनीहरूको नाम हटाउन नमिल्ने ब्यवस्था छ । तर, बसाई सराई विना नै उर्लाबारीको साविक वडा नं १ बाट भट्टराई दम्पतिको फारम कसरी भरियो ? वडाका कर्मचारी र वडाध्यक्ष नै बेखवर छन्। भट्टराई दम्पतिलाई दोहोरो भत्ता दिलाउन तत्कालिन गाविस कर्मचारी तेजनाथ घिमिरेको मुख्य हात रहेको जानकारहरू बताउँछन् ।

भट्टराई दम्पति हाल उर्लाबारी–४ का मतदाता हुन्। नेकपाका केही नेताहरूको मिलेमतो र सेटिङमा भट्टराई दम्पतिले दुई स्थानबाट वृद्धभत्ता बुझेको भट्टराई दम्पतिलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
मिक्लाजुङ गाउँपालिका वार्ड नं ३ का वडाध्यक्ष खगेन्द्र मादेनले भने बसाई सराई नलगेसम्म लगत काट्न नमिल्ने बताए ।

’उर्लाबारीबाट पनि सामाजिक सुरक्षा (वृद्ध भत्ता) लिएको जानकारी मलाई नै थिएन् । वृद्ध–वृद्धाले गलत नियत राखेर सरकारी रकम लिन्छन् भन्ने मैले कल्पना पनि गरेको थिइन ।’उनले दुई स्थानबाट भत्ता  लिएको प्रमाण पुगे एकातिरको रकम फिर्ता हुने बताए ।

यता उर्लाबारी–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालले भट्टराई दम्पतिले दोहोरो वृद्धभत्ता लिएको यथार्थ बुझेर कानूनी उपचार खोज्ने बताएको हाम्राकुराले समाचार लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...