News Portal

कुलेखानी तेस्रोले समयमा उत्पादन गर्न सकेन, निर्धारित समय पनि सर्‍यो

हिमाली संचार संवाददाता
५४५ पटक

राममणि दाहाल
हेटौँडा, माघ २९ : मकवानपुरमा निर्माणाधीन चौथो ठूलो जलविद्युत् आयोजना कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्न पछिल्लो पटक निर्धारित समय पनि सरेको छ । आयोजनाले यही माघबाट उत्पादन शुरु गर्ने गरी तयारी गरे पनि निर्माण पूरा नभएपछि परीक्षण उत्पादन मिति पछि धकेलिएको छ ।

आयोजना निर्माण कम्पनीले सुस्त गतिमा काम गरेका कारण तोकिएको समयमा उत्पादन शुरु नभएको हो । आयोजनाको स्विचयार्ड, तार तान्ने, टावर राख्ने, मुख्य सुरुङमा गेट बनाउने, जडानलगायतका काम भइरहेको छ ।

इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनको ढिलासुस्तीका कारण विद्युत् उत्पादनमा ढिलाइ हुँदै आएको बताइएको छ ।

चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सिभिलतर्फको निर्माण कार्य तथा इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल र प्रसारण लाइनको निर्माण कार्यको ठेक्काको काम झेजियाङ जिनलुन इलेक्ट्रिो मेकानिकल कम्पनीले गर्दै आएको छ । आयोजनाको दुवै मुख्य ठेकेदार चिनियाँ निर्माण कम्पनी हुन् ।

चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण समयमा निर्माण कार्य सम्पन्न नभएको बताउँदै आयोजना प्रमुख सुवास मिश्रले परीक्षण उत्पादन गर्न अझै दुई महिना लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

हाइड्रो र इलेक्ट्रो मेकानिकलको काम सकिनेबित्तिकै परीक्षण उत्पादन शुरु गर्ने बताउँदै उहाँले भन्नुभयो, ठेकेदार कम्पनीले पर्याप्त जनशक्ति नराख्दा र पछिल्लो समय निर्माणमा आवश्यक सामग्री उपलब्ध नभएकाले समस्या भएको छ । उहाँले भन्नुभयो, वेल्डिङ रड नेपालमा नपाएर खरिद गर्न भारत पठाउनुपर्ने अवस्था रहेको छ ।

४४ महिनामा सक्ने गरी सन् २००८ अप्रिल २७ देखि आयोजनाको निर्माण कार्य शुरु गरिएको थियो ।
सिभिलतर्फको काम ९९ प्रतिशतभन्दा बढी सकिइसकेको छ भने इलेक्ट्रो मेकानिकलसँग जोडिएका सिभिलका केही काम मात्र बाँकी छ ।

दुई अर्ब ४३ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरिएको आयोजनाको निर्माणमा भएको ढिलाइले लागत वृद्धि भएर चार अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।

कुलेखानी प्रथम र दोस्रोबाट निस्किएको तथा स्थानीय खोलाको पानी प्रयोग गरी उत्पादन गर्ने गरी निर्माण गरिएको आयोजनाको क्षमता १४ मेगावाट रहेको छ ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...