News Portal

  • कुलेखानी तेस्रोले समयमा उत्पादन गर्न सकेन, निर्धारित समय पनि सर्‍यो

    हिमाली संचार संवाददाता
    ४८२ पटक

    राममणि दाहाल
    हेटौँडा, माघ २९ : मकवानपुरमा निर्माणाधीन चौथो ठूलो जलविद्युत् आयोजना कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्न पछिल्लो पटक निर्धारित समय पनि सरेको छ । आयोजनाले यही माघबाट उत्पादन शुरु गर्ने गरी तयारी गरे पनि निर्माण पूरा नभएपछि परीक्षण उत्पादन मिति पछि धकेलिएको छ ।

    आयोजना निर्माण कम्पनीले सुस्त गतिमा काम गरेका कारण तोकिएको समयमा उत्पादन शुरु नभएको हो । आयोजनाको स्विचयार्ड, तार तान्ने, टावर राख्ने, मुख्य सुरुङमा गेट बनाउने, जडानलगायतका काम भइरहेको छ ।

    इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनको ढिलासुस्तीका कारण विद्युत् उत्पादनमा ढिलाइ हुँदै आएको बताइएको छ ।

    चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सिभिलतर्फको निर्माण कार्य तथा इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल र प्रसारण लाइनको निर्माण कार्यको ठेक्काको काम झेजियाङ जिनलुन इलेक्ट्रिो मेकानिकल कम्पनीले गर्दै आएको छ । आयोजनाको दुवै मुख्य ठेकेदार चिनियाँ निर्माण कम्पनी हुन् ।

    चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण समयमा निर्माण कार्य सम्पन्न नभएको बताउँदै आयोजना प्रमुख सुवास मिश्रले परीक्षण उत्पादन गर्न अझै दुई महिना लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

    हाइड्रो र इलेक्ट्रो मेकानिकलको काम सकिनेबित्तिकै परीक्षण उत्पादन शुरु गर्ने बताउँदै उहाँले भन्नुभयो, ठेकेदार कम्पनीले पर्याप्त जनशक्ति नराख्दा र पछिल्लो समय निर्माणमा आवश्यक सामग्री उपलब्ध नभएकाले समस्या भएको छ । उहाँले भन्नुभयो, वेल्डिङ रड नेपालमा नपाएर खरिद गर्न भारत पठाउनुपर्ने अवस्था रहेको छ ।

    ४४ महिनामा सक्ने गरी सन् २००८ अप्रिल २७ देखि आयोजनाको निर्माण कार्य शुरु गरिएको थियो ।
    सिभिलतर्फको काम ९९ प्रतिशतभन्दा बढी सकिइसकेको छ भने इलेक्ट्रो मेकानिकलसँग जोडिएका सिभिलका केही काम मात्र बाँकी छ ।

    दुई अर्ब ४३ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरिएको आयोजनाको निर्माणमा भएको ढिलाइले लागत वृद्धि भएर चार अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।

    कुलेखानी प्रथम र दोस्रोबाट निस्किएको तथा स्थानीय खोलाको पानी प्रयोग गरी उत्पादन गर्ने गरी निर्माण गरिएको आयोजनाको क्षमता १४ मेगावाट रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...