News Portal

  • हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

    हिमाली संचार संवाददाता
    ४३७ पटक

    मनोज भट्ट
    महेन्द्रनगर : भीमदत्त नगरपालिकामा फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि तयारी थालिएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी गरेको हो ।

    आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका प्रमुख भीम बहादुर महराले नगरपालिकाका सबै वडामा अभियान सञ्चालनका लागि तयारी सुरु गरिएको बताए । ‘फागुन १५ गतेदेखि नगरपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान सञ्चालन हुन गई रहेको छ, त्यसका लागि नगर प्रमुख सहित जनप्रतिनिधिसित छलफल गरिएको छ,’ उनले भने,‘यसपछि वडा वडामा पनि छलफल गरी तयारी थाल्छौ ।

    भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले अभियान सञ्चालनका लागि नगर स्तरीय योजना निर्माण गरेको उप शाखा प्रमुख महराले बताए । भीमदत्त नगरपालिकामा एक लाख भन्दा बढी वासिन्दालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने लक्ष्य राखिएको छ ।

    भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले अभियान सञ्चालनका लागि नगर स्तरीय योजना निर्माण गरेको उप शाखा प्रमुख महराले बताए । भीमदत्त नगरपालिकामा एक लाख भन्दा बढी वासिन्दालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने लक्ष्य राखिएको छ ।

    ‘नगरपालिकाको एक लाख जनसंख्या छ, त्यसमा दुई वर्ष भन्दा माथिका सबै र गर्भवती, दिर्घ रोगी बाहेक सबैलाई औषधि खुवाइन्छ’ उनले भने । नगरका सबै वडामा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयम् सेविका अभियानमा परिचालन गरिने भएका छन् ।
    स्थानीय तह निर्वाचन अघि जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हात्तीपाइले रोग विरुद्धको अभियान सञ्चालन गर्दै आएको थियो । नयाँ संरचना अनुसार पहिलो स्थानीय तहमा अभियान सञ्चालन तयारी गरिएको हो ।

    भीमद त्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले हात्तीपाइले रोग निवारण अभियान महत्वपूर्ण भएकाले भव्य रुपमा तयारी थभएकाले भव्य रुपमा तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशन दिएका छन् ।

    ‘यो महत्वपूर्ण अभियान हो, सबै वडामा प्रभावकारी रुपमा सञ्चालन गर्न तयारी गर्न पर्छ’ उनले भने,‘नगरका कोही पनि औषधि सेवनबाट वञ्चित हुन पर्दैन ।

    यसैबीच सोमबार भीमदत्त नगरपालिकाकामा जनप्रतिनिधि र शाखा प्रमुख अभियान सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रमानन्द भट्टले राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान सम्बन्धी जानकारी गराए । आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख भीम सिह महराले कार्यक्रम सञ्चालन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...