News Portal

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

हिमाली संचार संवाददाता
४९३ पटक

मनोज भट्ट
महेन्द्रनगर : भीमदत्त नगरपालिकामा फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि तयारी थालिएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी गरेको हो ।

आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका प्रमुख भीम बहादुर महराले नगरपालिकाका सबै वडामा अभियान सञ्चालनका लागि तयारी सुरु गरिएको बताए । ‘फागुन १५ गतेदेखि नगरपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान सञ्चालन हुन गई रहेको छ, त्यसका लागि नगर प्रमुख सहित जनप्रतिनिधिसित छलफल गरिएको छ,’ उनले भने,‘यसपछि वडा वडामा पनि छलफल गरी तयारी थाल्छौ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले अभियान सञ्चालनका लागि नगर स्तरीय योजना निर्माण गरेको उप शाखा प्रमुख महराले बताए । भीमदत्त नगरपालिकामा एक लाख भन्दा बढी वासिन्दालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने लक्ष्य राखिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले अभियान सञ्चालनका लागि नगर स्तरीय योजना निर्माण गरेको उप शाखा प्रमुख महराले बताए । भीमदत्त नगरपालिकामा एक लाख भन्दा बढी वासिन्दालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने लक्ष्य राखिएको छ ।

‘नगरपालिकाको एक लाख जनसंख्या छ, त्यसमा दुई वर्ष भन्दा माथिका सबै र गर्भवती, दिर्घ रोगी बाहेक सबैलाई औषधि खुवाइन्छ’ उनले भने । नगरका सबै वडामा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयम् सेविका अभियानमा परिचालन गरिने भएका छन् ।
स्थानीय तह निर्वाचन अघि जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हात्तीपाइले रोग विरुद्धको अभियान सञ्चालन गर्दै आएको थियो । नयाँ संरचना अनुसार पहिलो स्थानीय तहमा अभियान सञ्चालन तयारी गरिएको हो ।

भीमद त्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले हात्तीपाइले रोग निवारण अभियान महत्वपूर्ण भएकाले भव्य रुपमा तयारी थभएकाले भव्य रुपमा तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशन दिएका छन् ।

‘यो महत्वपूर्ण अभियान हो, सबै वडामा प्रभावकारी रुपमा सञ्चालन गर्न तयारी गर्न पर्छ’ उनले भने,‘नगरका कोही पनि औषधि सेवनबाट वञ्चित हुन पर्दैन ।

यसैबीच सोमबार भीमदत्त नगरपालिकाकामा जनप्रतिनिधि र शाखा प्रमुख अभियान सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रमानन्द भट्टले राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान सम्बन्धी जानकारी गराए । आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख भीम सिह महराले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...