News Portal

मुख्यमन्त्री भट्टले गरे सत्ती मुलभन्सारको अनुगमन

हिमाली संचार संवाददाता
३९४ पटक

यज्ञराज उपाध्याय
टीकापुर : सुदुरपश्चिमका मुख्यमन्त्री त्रीलोचन भट्टले सत्ती मुल भन्सारको अनुगमन गरेका छन । आइतबार एक कार्यक्रमका लागि टीकापुर पुगेका मुख्यमन्त्री भट्टले मुल भन्सार संगै नेपाल र भारतको सिमाको समेत अनुगमन गरेक थिए ।

मुल भन्सारको अनुगमनको क्रममा भन्सार प्रमुखको कार्यकक्षमा गएर के छन भन्सारको समस्याहरु भन्दै प्रश्न गरेका थिए । जसको प्रतिउत्तरमा भन्सार प्रमुख ले भन्सारमा हाल धेरै समस्याहरु नभएको बताउदै केही समस्याहरु रहेको बताएका थिए । त्यसपश्चात मुख्यमन्त्री भट्टले भन्सार कार्यालयको टुप्पोमा झुन्डाएको नेपालको झन्डालाई इङ्गित गर्दै काठको लठ्ठीमा झन्डा किन झुन्डएको भन्दै फलामको सानो पाईपमा झन्डा झुन्डाउन निर्देशन समेत दिएका थिए ।

मुल भन्सार भैसकेपछी यसको महत्त्वपूर्ण भुमिका रहने बताउदै मुख्यमन्त्री भट्टले झन्डा सुहाउदो हुनुपर्ने बताए । त्यस संगै भन्सार भवन पछाडी लिलामीका लागि राखिएका थुप्रै मोटरसाइकल र साइकलहरुलाई देखाउदै यति धेरै मोटरसाइकल रहेको भन्दै आश्चर्यचकित भएका थिए । अब धेरै समयसम्म यी मोटरसाइकल र साइकल नराखी जतिसक्दो लिलामी गर्न निर्देशन समेत दिएका थिए ।

खक्रौला नजिक रहेको नेपाल र भारतको सिमा बिबादको कुरा सुनेको बताउदै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल संग छलफल गरेका थिए । जस क्रममा टीकापुर नगरपालिकाका प्रमुख रावलले केही दिनअघि सम्म सिमा बिबाद भएको कुरा स्विकार्दै हाल उक्त बिबादको समाधान भैसकेको बताए । खासै ठूलो समस्या नभएको बताउदै केही दिनअघि मात्र आफुले यहाँको अनुगमन र छलफल गरेको बताएका थिए ।

मुख्यमन्त्री भट्ट सिमा नजिकै समेत अनुगमनमा पुगेका थिए । त्यही क्रम प्रमुख रावलले प्रत्यक्ष सिमा पिल्लरहरु देखाउदै एउटा पिल्लर नदिभित्र पसेको र एउटा जंगल छेउमा रहेको स्पष्ट पारेका थिए । मुख्यमन्त्री भट्टले यो गम्भीर बिषय भएको भन्दै माथिसम्म छलफल गर्ने र त्यही अनुसार काम गर्ने आश्वासन समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...