News Portal

सरस्वती पुजाको कार्यक्रममा सांसद सत्यजित विश्वासको हत्या

हिमाली संचार संवाददाता
५२२ पटक

भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ। तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वास सरस्वती पूजाका दिन आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममै उनको गोली हानी हत्या भएको हो ।

कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । बन्दुक प्रहरीले बरामद गरेको छ । तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ ।

तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।

भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले घटना भएको र आपसी झगडाको नतिजा भएको बताएको छ । सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् । – एजेन्सी

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...