सरस्वती पुजाको कार्यक्रममा सांसद सत्यजित विश्वासको हत्या

भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ। तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वास सरस्वती पूजाका दिन आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममै उनको गोली हानी हत्या भएको हो ।
कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । बन्दुक प्रहरीले बरामद गरेको छ । तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ ।
तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।
भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले घटना भएको र आपसी झगडाको नतिजा भएको बताएको छ । सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् । – एजेन्सी

















