News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कर्णालीका कुलमान नाचेरै भए लगातार ६ पटकसम्म नेपाल प्रथम !

    हिमाली संचार संवाददाता
    ४७९ पटक

    शेरबहादुर थापा
    सुर्खेत : २०४० सालमा श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालयबाट एसएलसी पास गरें । सानैदेखि कला क्षेत्रमा रुची थियो । हरेक काममा सक्रिय हुने स्वभाव छ,’ उनले भने, ‘परिवारबाट मलाई यो क्षेत्रमा लाग्न पटक्कै सहयोग थिएन । म भागेरै विभिन्न कार्यक्रममा जान्थें ।

    ९ कक्षामा अध्ययन गरिरहेका बेला नै राष्ट्रिय कलाकारको छवि बनाएका कुलमानको रुचि भलिबल र फुटबलमा पनि थियो । ‘मलाई भलिबल र फूटबल दुवैमा रुची थियो । भेरी अञ्चलबाट राष्ट्रिय स्तरको भलिबल र फूटबल खेलमा सहभागी हुने मौका मिल्थ्यो,’ विगत स्मरण गर्दै उनले भने, ‘हाम्रो टीम धेरै पटक प्रथम भएको थियो । खेल यात्रा ४२ सालसम्म जारी रह्यो ।

    ६ पटक नेपाल प्रथम !

    कुलमान नेपाली कर्णालीका त्यस्ता कलाकार हुन्, उनी नृत्य प्रतियोगितमा छ पटक नेपाल प्रथम बने । ‘नाचेर ६ पटकसम्म नेपाल प्रथम भएको छु । २०३९ देखि लगातार २०४४ सालसम्म,’ उनले भने । अझ भन्ने हो भने उनी आफैंले निर्देशन गरेका नृत्यहरू २२ पटकसम्म लगातार नेपाल प्रथम भइसकेका छन् ।

    ‘मेरो निर्देशनमा कलाकारिता सिकेका अहिले नेपालका उत्कृष्ट कलाकार तथा निर्देशक छन्,’ उनले भने, ‘नृत्य निर्देशक शंकर बिसी, चलचित्र निर्देशक दिपाश्री निरौला, अर्जुन सोनाम, नन्दा बस्याल, टिका पुन, चन्द्र मन्दिर, जानकी तारामी लगायत दर्जनौं कलाकार राष्ट्रिय स्तरमा पुगेका छन् । मलाई यसमा गर्व छ ।

    यति मात्रै होइन, कुलमानले विभिन्न संस्थामा समेत नृत्य निर्देशन गर्ने गरेका छन् । ‘मैले सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रनिष्ठानका वरिष्ठ नृत्य कलाकारलाई पनि निर्देशन गरको छु,’ उनले भने, ‘मैले निर्देशन गरेको ३ वटै फिल्म नेपाल प्रथम भए । अब बेली भन्ने फिल्म सुटिङ हुँदैछ । जसको निर्माता डा. सि गुरुङ हो । आशा छ त्यो पनि टप हुन्छ ।

    उनले आफूलाई यत्तिमै मात्र सीमित राखेनन् । ‘म नृत्य निर्देशक मात्रै होइन, लोकगीत संकलक तथा संगीतकार पनि हो,’ कुलमान भन्छन्, ‘६० देखि ६३ सालसम्म भएका राष्ट्रिय स्तरको लोकगीत प्रतियोगितामा म ३ पटक नेपाल प्रथम भएको छु ।

    कलाकारितामा निरन्तर लाग्ने प्रण र साधना नै सफलताको राज भएको उनको जीवनको सिकाइ हो । सबै अवसर समान ठान्ने कुलमानले जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अघि बढ्दा सफलता मिलेको बताए ।

    ‘आफूलाई संस्कृतिकर्मी भनेर चिनाउन चाहन्छु । कला क्षेत्रको संरक्षण गर्ने अभियन्ता हुँ,’ पछिल्लो समय संगीत क्षेत्रमा धेरै परिवर्तन आइसकेको बताउँदै उनले भने, ‘पछिल्लो समय कला क्षेत्रमा विभिन्न विकृति र छाडापन आएको छ । त्यो मलाई पटक्कै मन पर्दैन । राज्यले पनि कला क्षेत्रलाई माया गर्न सकेको छैन ।

    कुलमानलाई नेपालमा बजाइने हरेक बाजा बजाउन आउँछ । ‘मलाई नेपालमा बजाइने सबैखाले बाजा बजाउन आउँछ । सबैखालका लोकभाका आउँछ । देउडा, कौडा, झ्यालीजस्ता कर्णाली प्रदेशमा प्रचलित सबै नृत्य आउँछ ।’ आफ्नो भूमिका सरकारले नखोजेको बताउँदै उनले सरकारलाई प्रश्न गरे, ‘तर खै राज्यले मेरो क्षमतालाई प्रयोग गरेको ?

    कलाकार र कलाकारिताको संरक्षण गर्न सरकार लाग्नुपर्ने उनले बताए । ‘राज्यले कलाकारको संरक्षण गर्न सकेको छैन । ‘आज मैले जानेको सीप ५ वर्षपछि लोप हुन सक्छन् । जसका कारण राज्यलाई नै घाटा हुन्छ । हाम्रा मौलिक कला संस्कृति देखाएर पर्यटनको विकास गर्न सक्छौं,’ उनले भने, ‘यतातिर पनि राज्य नतमस्तक छ । कलाकारको सम्मान गर्न र कला संरक्षण गर्न प्रत्येक प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना गरिनुपर्छ । वास्तविक कलाकारको पनि पहिचान हुनु जरुरी छ । उनले हालसम्म झण्डै ६ सय प्रमाणपत्र प्राप्त  गरिसकेका छन् ।

    शिक्षण पेशामा आवद्ध !

    कुलमान अहिले पनि शिक्षण पेशामा आवद्ध छन् । ‘मैले ४५ सालदेखि श्रीकृष्ण संस्कृत उच्च माध्यामिक विद्यालयमा शिक्षण गर्दै आएको छु,’ उनले भने, ‘कक्षा ८–९ का भाइबहिनीलाई सामाजिक तथा नैतिक शिक्षा अध्यापन गराउँदै आएको छु ।

    २०४५ सालमा राजा वीरेन्द्र शाहको हातबाट गोल्ड मेडल लगाउन पाउँदा औधी खुशी लागेको उनले बताए । आफूलाई कला क्षेत्रको विज्ञ भन्न रुचाउने कुलमानले औपचारिक शिक्षा एसएलसीसम्म मात्रै अध्ययन गरेका छन् ।

    ‘मेरो योग्यताको कुरामा धेरैलाई चासो होला । मैले विद्यालय शिक्षा त एसएलसी पास गरेको छु । तर कलाक्षेत्रको भने म विज्ञ नै हो,’ उनले भने, ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले लोक नृत्य विज्ञको प्रमाणपत्र दिएको छ । म लोक नृत्य विज्ञ पनि हो ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...