News Portal

नेविसंघ गण्डकी प्रदेशले बुझायो सिडिओलाई ज्ञापनपत्र

हिमाली संचार संवाददाता
४३२ पटक

नेपाल विद्यार्थी संघ गण्डकी प्रदेशका कार्यकर्ताहरु आन्दोलित भएका छन्। नेविसंघ गण्डकी प्रदेशको आह्वानमा यस क्षेत्रका नेता कार्यकर्ताहरु आन्दोलित भएका हुन्। उनीहरुले सम्वन्धित जिल्लाका सिडिओ लाई ज्ञापनपत्र समेत बुझाएका छन्।

नेविसंघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै बिहिवार प्रमुख जिल्ला अधिकारी दिपक नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। नेबिसंघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाइसकेपछी नेबिसंघ गण्डकी प्रदेशले निर्धारण गरेको आन्दोलनको कार्यक्रम बमोजिम जिल्ला सदरमुकाम कावासोतिमा दिउँसो २ बजेदेखि ३ बजेसम्म १ घन्टा चक्काजाम पनि गरेको नेबिसंघ नवलपुरका सचिब सुशील काफ्लेले जानकारी दिए।

आन्दोलनका अन्य कार्यक्रम अन्तर्गत माघ २५ गते जिल्ला प्रसासन कार्यालयमा १ घन्टा धर्ना, २६ गते साँझ मसाल जुलुस, माघ २७ गते झुट्टा मुद्दा खारेजी र बन्दी साथीहरूको बिनासर्त रिहाइको माग गर्दै सरस्वती पुजा गरिने गण्डकी प्रदेश हेर्ने केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।उनले आन्दोलनका कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।

थुनामा राखिएका विद्यार्थी नेता पर्शुराम बस्नेत, बिनय पौडेल, डिफान भुजेलको रिहाई साथै अधिनायकबादी ओली सरकारको बिरोधका लागि आफुहरु आन्दोलनमा जानु परेको पौडेलले बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका नेता महेन्द्र पोख्रेल, भबी भट्टराई, नेपाल तरुण दलका जिल्ला अध्यक्ष सुर्य गुरुङ लगायतका नेताहरु तथा नेबिसंघका नेता र कार्यकर्ताको उपस्थिति रहेको नेबिसंघ नवलपुरका सचिब सुशील काफ्लेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...