News Portal

दूतावासको केटाकेटी कुटनीति !

हिमाली संचार संवाददाता
४४७ पटक

सन्तोष न्यौपाने
बेल्जियम : लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे। तर अहिले कागलाई बेल पाक्यो हर्ष न विस्मात झैँ भएको छ।

दुतावास स्थापनापछि राप्रपा कोटाबाट भरतबहादुर रायमाझी नियुक्ति भए। तर नियुक्ति पछि पनि परराष्ट्र कै कर्मचारीको कारण उनलाई तत्काल स्पेन आउन बाट रोकियो र मन्त्रालयमै हाजिर गरेर बस्ने काम गरे। जब स्पेन आए, तब कर्मचारी र स्पेनका नेपालीको राजनीतिक कोपभाजनमा परे। जसको कारण सरकारको राजदूत फिर्ता बोलाउने कार्यमा थप बल पुग्यो।

अहिले कार्यवाहक बनेका हरिहरकान्त पौडेल विगतमा कतार र इजरायलमा काम गरिसकेका हुन्। पौडेलको कतार र इजरायलमा काम गर्दाको रेपुटेसन राम्रो थिएन।

कार्यवाहक राजदूत पौडेलको स्पेन बसाइँ पनि विवादित बन्दै गएको छ। दूतावासका गोप्य सूचना र डाटा मिडियामा सार्वजनिक भएका छन्। पछिल्लो पटक फेसबुक स्टाटसमा आएको दूतावासको एक पाने विज्ञप्तिले झन् पदीय दायित्वलाई स्खलित बनाएको छ। परराष्ट्रका प्रवक्ता र पौडेलको राम्रो सम्बन्धका कारण उनीमाथि कारबाही हुन सकेको छैन।

इजरायलमा लामो समय पत्रकारितामा कार्यरत एक सहकर्मीले नाम नलेख्ने सर्तमा भने -“पौडेललाई कूटनीति अलि थाहा छैन। आर्थिक फाइदाको लागि उनी जे गर्न पनि तयार छन्।” उनका अनुसार इजरायलमा उनको छवि गतिलो छैन।

विज्ञप्ति आएपछि युरोपमा रहेका केही दूतावासमा कार्यरत कर्मचारीलाई यस बारेमा जिज्ञासा तेर्साएको थिएँ। यसै बारेमा नेपाली दूतावास डेनमार्कमा कार्यरत उपनियोग प्रमुख द्रोणनाथ अर्यालले विज्ञप्ति निकाल्न नहुने भन्ने होइन तर यो कार्य गलत भएको बताए। उनले यसरी विज्ञप्ति निकाल्दा अरू दूतावासको छवि माथि आँच आउन सक्ने बताए।

अर्याल मात्रै होइन अरू कुटनीतिक नियोगका कर्मचारी पनि यो कार्यदेखि असन्तुष्ट नै देखिन्छन्। उनीहरूको एउटै आवाज छ सानो सानो कुराहरूमा, समाचारहरुमा असन्तुष्ट जनाउनु मूर्खता हो। कुटनीतिक मर्यादा नाघेर अगाडि बढ्नु हुँदैन।

यसै क्रममा विज्ञप्ति निकाल्ने स्पेन स्थित नेपाली दुतावासका कार्यवाहक राजदूत हरीहरकान्त पौडेलले भने -“के गर्ने त, सहयोगी सम्झेको साथीहरुले संस्थाको बदनाम हुने प्रकारका सामाग्री पोष्ट गरेपछि। संस्थाको प्रतिरक्षा गरेको मात्र हो। सामान्य व्यक्तिको स्टाटस भए खण्डन गरिरहनु पर्ने थिएन तर उच्च र सम्मानित ब्यक्तिको वालबाट आएपछि सोच्न पर्ने भयो। हामीले संस्थाको प्रतिरक्षा गर्नै पर्ने अवस्था आएर हो। यसलाई धेरै नकारात्मक नलिउँ सर।”

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...