News Portal

गंगाजमुना गाउँपालिका धादिङबाट पेस्तोल सहित ३ जना पक्राउ 

हिमाली संचार संवाददाता
४२५ पटक

धादिङ  -धादिङकाे उतरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक थान चाइनिज पेस्तोल त्यसमा लाग्ने ७ राउण्ड गोली फेला परेको छ ।

विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको र सो स्थानमा ति युवाहरुको कृयाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार सहित पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...