News Portal

  • ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा शाही सर्बसम्मत

    हिमाली संचार संवाददाता
    ६२६ पटक

    कोरिया : “प्रबासमा हाम्रो एकता र सद्भाब, आपत – बिपतमा मिलाआै हात” मुल नाराका साथ स्थापित ठकुरी समाज दक्षिण कोरियाको पाँचौँ अधिबेशन फेब्रुअरी ३ तारीख ठकुरी समाजका अध्यक्ष यु मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ ।

    कार्यक्रम प्रमुख अतिथि समाजका संरक्षक छानु चन्द, बिशेष अतिथि समाजका सल्लाहकार तथा सुदुरपश्चिम समाजका अध्यक्ष कमल बहादुर शाही, बिशेष अतिथि समाजकी सल्लाहकार तथा नेपाली जनसम्पर्क समितिकी सभापति आस्था बिन्दु मल्ल, अतिथिमा समाजका सल्लाहकार किशोर हमाल, हिमाल सिहँ, सल्लाहकार सुन्दर सिहँ, शुभचिन्तक राजन शाही, भक्त शाही लागाएत उल्लेखनीय ठकुरीहरुको उपस्थितिमा कोरियाको राजधानी सउल, जोङ्गाक ज्योती रेस्टुरेन्ट्मा सम्पन्न भएको थियो ।

    कार्यक्रमलाई सभाका सभाध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथी, अतिथीहरुद्वारा दिप प्रज्वलन गर्दै समुद्घाटन गरिएको थियो ।

    समुद्घाटन लगत्तै शुभकामना मन्तब्यको क्रममा ठकुरी समाजका बरिस्ठ उपाध्यक्ष प्रकाश सिहँले सभामा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै ठकुरी समाजको हकहित र समाजलाई अगाडी बढाउन महत्वपुर्ण सुझावहरु राख्नुभएको थियो ।

    शुभकामना मन्तब्यमा समाजका सचिव नरेश चन्दले कोरियन सलनाल पर्बको शुभकामना सम्प्रेषण गर्दै ठकुरी समाजको बिकाश बिस्तारमा सधै समर्पित रहने बताउनु भयो।

    यसैगरी मन्तव्यकै क्रममा ठकुरी समाजका संरक्षक छानु चन्दले ठकुरी एकताका लागि सबै ठकुरीहरुले जागरुक हुनुपर्ने, समाजलाई अझ सबल बनाउनका निमित्त कोरियामा रहनुहुने सम्पुर्ण ठकुरीहरु एउटै गोलबद्दमा भई अगाडी बढ्नुपर्ने, ठकुरी समुदायको रितिरिवाज, परम्परागत संस्कृति, भाषाको संरक्षण एबंम प्रबर्द्धन गर्नुपर्ने बताउनु भयो ।

    कार्यक्रमको अन्तिम मन्तब्यमा ठकुरी समाजका अध्यक्ष युं मल्ल ठकुरीले आफ्नो कार्यकालका गतिबिधिहरु प्रस्तुत गर्दै नयाँ चयन हुने कार्यसमिति लाई शुभकामना दिनुभयो।

    ठकुरी समाज दक्षिण कोरियाका संरक्षक छानु चन्दको संयोजकमा ५ सदस्यीय निर्णायकहरुको निर्णय अनुसार राजेन्द्र शाहीको नेतृत्वमा पाँचौ कार्यसमिति सदस्यहरु यसप्रकार छन।

    अध्यक्ष – राजेन्द्र शाही
    उपाध्यक्ष – नबिन बहादुर शाही
    उपाध्यक्ष – बिक्रम हमाल
    महासचिव – नरेश चन्द
    सचिव – लक्ष्मण बहादुर सिहँ
    कोषाध्यक्ष – सुनिल चन्द
    सदस्य – लोकेन्द्र चन्द
    सदस्य – हरि बिक्रम चन्द
    सदस्य – डम्बर चन्द
    सदस्य – राम कृस्ण मल्ल
    सदस्य – निलेश सिहँ ठकुरी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...