News Portal

जाजरकोटमा बालबालिका हराएको १२ घण्टापछि जंगलबाट सफल उद्वार (भिडियो)

हिमाली संचार संवाददाता
४९३ पटक

लक्ष्मण रसाइली
जाजरकोट : जाजरकाेट जिल्ला भेरी नगरपालिका वडा नं. ६ पुन्माका दुर्ग बहादुर पुनका ५ बर्षीय छोरा वीर बहादुर पुन र साेही ठाउँका तिलक पुनका ६ बर्षिया छाेरी कविता पुन आइतबार दिउसाेदेखि नजिकैकाे जंगलमा हराइ रहेकाेमा थिए। हराएका बालबालिकालाई झण्डै १२ घण्टा पछि उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जंगलमा हराएका बालबालिकालाई १२ घण्टा भन्दा पछि उद्धार गरेको हो ।

बालिका कविता झाडीमा लड्दा टाउकाेमा तीन टाउमा चाेट लागेका छ भने बालक वीर बहादुर पुनकाे अबस्था भने सामान्य रहेको छ । आइतवारका दिन आमा, बुवा घरमा नभएको अवस्थामा दिउसोको समयमा नजिकैको जंगलमा गएर बालबालिका हराएको सोहि वडाका वडाध्यक्ष शसी वुढाले बताएका छन् ।

घर नजिकैको वाटोमा आएका बाँदर लखेट्न जंगल तिर दौडिएका ती बालबालिका एक रात भरि जंगलमा निकै पिडाका साथ रहेको र सोमवार विहान प्रहरी र सेनाको टोलीले दुवै जनालाइ घाइते अवस्थामा फेला पारी उद्दार गरिएको जाजरकोट जिल्ला प्रहरी प्रमुख रबिन्द्र बहादुर सिंहले वताएका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जगतिपुरको प्रहरी टोली र नेपाली सेनाको ज्वालादल गण मालिका व्यारेकका सेनाको टोलीले जंगलवाटै उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सिंहले जानकारी दिएका छन् ।

कविताको टाउकोमा तीन ठाउँमा चोट लागेको र उनको अवस्था गम्भीर रहेकोले उनलाइ थप उपचारका लागि कोहलपुर रिफर गरिएको, वीरवहादुरलाई जिल्ला अस्पतालवाट उपचार गरि घर पठाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।

जंगलमा हराइ रहेकी कविता झाडीमा खसेर घाइते वनेको अवस्थामा भेटिएको र वीरवहादुरको चिसोले काम्दै खाल्डो परेको जमिनमा घोप्टो परेर सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरमा बालवच्चा हराएपछि अभिभावकहरु धामी हेराउन गएको र धामीले भोलि पल्ट भेटिन्छ भनेपछि खोजी नगरेर उनीहरु घरमा गएर सुतेको पनि प्रहरीले जनाएको छ ।

भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस् । 

https://youtu.be/j_5Dg5agu1Y

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...