News Portal

जाजरकोटमा बालबालिका हराएको १२ घण्टापछि जंगलबाट सफल उद्वार (भिडियो)

हिमाली संचार संवाददाता
५१३ पटक

लक्ष्मण रसाइली
जाजरकोट : जाजरकाेट जिल्ला भेरी नगरपालिका वडा नं. ६ पुन्माका दुर्ग बहादुर पुनका ५ बर्षीय छोरा वीर बहादुर पुन र साेही ठाउँका तिलक पुनका ६ बर्षिया छाेरी कविता पुन आइतबार दिउसाेदेखि नजिकैकाे जंगलमा हराइ रहेकाेमा थिए। हराएका बालबालिकालाई झण्डै १२ घण्टा पछि उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जंगलमा हराएका बालबालिकालाई १२ घण्टा भन्दा पछि उद्धार गरेको हो ।

बालिका कविता झाडीमा लड्दा टाउकाेमा तीन टाउमा चाेट लागेका छ भने बालक वीर बहादुर पुनकाे अबस्था भने सामान्य रहेको छ । आइतवारका दिन आमा, बुवा घरमा नभएको अवस्थामा दिउसोको समयमा नजिकैको जंगलमा गएर बालबालिका हराएको सोहि वडाका वडाध्यक्ष शसी वुढाले बताएका छन् ।

घर नजिकैको वाटोमा आएका बाँदर लखेट्न जंगल तिर दौडिएका ती बालबालिका एक रात भरि जंगलमा निकै पिडाका साथ रहेको र सोमवार विहान प्रहरी र सेनाको टोलीले दुवै जनालाइ घाइते अवस्थामा फेला पारी उद्दार गरिएको जाजरकोट जिल्ला प्रहरी प्रमुख रबिन्द्र बहादुर सिंहले वताएका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जगतिपुरको प्रहरी टोली र नेपाली सेनाको ज्वालादल गण मालिका व्यारेकका सेनाको टोलीले जंगलवाटै उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सिंहले जानकारी दिएका छन् ।

कविताको टाउकोमा तीन ठाउँमा चोट लागेको र उनको अवस्था गम्भीर रहेकोले उनलाइ थप उपचारका लागि कोहलपुर रिफर गरिएको, वीरवहादुरलाई जिल्ला अस्पतालवाट उपचार गरि घर पठाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।

जंगलमा हराइ रहेकी कविता झाडीमा खसेर घाइते वनेको अवस्थामा भेटिएको र वीरवहादुरको चिसोले काम्दै खाल्डो परेको जमिनमा घोप्टो परेर सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरमा बालवच्चा हराएपछि अभिभावकहरु धामी हेराउन गएको र धामीले भोलि पल्ट भेटिन्छ भनेपछि खोजी नगरेर उनीहरु घरमा गएर सुतेको पनि प्रहरीले जनाएको छ ।

भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस् । 

https://youtu.be/j_5Dg5agu1Y

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...