News Portal

एनआरएन युएईले शुक्रबार दुवईमा रक्तदान आयोजना गर्दै 

हिमाली संचार संवाददाता
४८० पटक

युएई : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ। लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए । रक्तदान सोही अस्पताल परिसरमा हुनेछ ।

कर्मभूमिको देशमा कुनै तवरले सामाजिक कार्य गर्ने हेतुले उक्त कार्यक्रम राखिएको क्षेत्रीले बताए । उनले भने, ‘यहाँ विभिन्न कारणले हुने दुर्घट्नामा रगत आवश्यक पर्छ । हाम्रो थोरै सहयोगले अरु कसैले नयाँ जिवन पाउछ भने हामीले किन सहयोग नगर्ने ? त्यसकारण एनआरएनले विगतमा जस्तै यसपटक पनि रक्तदान कार्यक्रम आयोजना गरेको हो।

अस्पताल प्रशासनसँगको व्यवस्थापनमा बिहान ८ बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागी हुन एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले युएईमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

एनआरएन यूएईले पुष र माघ महिनालाई स्वास्थ्य सचेतना अभियानका रुपमा घोषणा गरेको थियो। सोही अनुसार आगामी शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि अघिल्लो महिना अबुधाबीमा स्वास्थ्य शिविरको आयोजना  गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...