News Portal

अध्यक्ष बस्याल माथिको तथ्यहिन आरोप : महासंघ युएई शाखा

हिमाली संचार संवाददाता
४९८ पटक

युएई : नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ।

संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याललाई प्रहरीले पक्राउ गरेको भएपनी सुलसुले डटकम लगायत विभिन्न अनलाईनबाट प्रकाशित समाचारमा भनेझै हुण्डी र चेक बाउन्सको कुनै मुद्दा नरहेको उल्लेख गरिएको छ।

बिज्ञप्तिमा सम्बन्धित सस्थाका प्रतिनिधिसंग सम्पर्क नगरी सुलसुले डटकमले केहि दिन अघि अध्यक्ष बस्यालले हुण्डी कारोबार गरेको र चेक बाउन्सको समेत मुद्दा रहेको हुँदा उनि पक्राउ परेको भनी समाचार प्रकाशित गरेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताउदै तथ्यहिन समाचारले ब्यक्तिको चरित्र हत्या मात्र नभै सस्थाको समेत बदनाम भएको हुँदा त्यस्ता समाचार प्रकाशित गर्ने अनलाईनसंग समाचार पुष्टि हुने प्रमाण उपलब्ध गराउन माग गर्दै आरोप प्रमाणित भएमा बिधानत कारबाही गरिने एभरेस्टदैनिकले समाचारमा जनाइएको छ।

बिज्ञप्ति हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...