News Portal

तमू समाज कुवेतले २१ सेप्टेम्बरमा चौथो अधिवेशन र २८ डिसेम्बरमा ल्होसार मनाउने

हिमाली संचार संवाददाता
७९७ पटक

कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाजका अध्यक्ष खोप गुरुङले हिमाली संचार डटमकमलाई जानकारी दिनु भएको छ ।

समाजको शुक्रबार बसेको बैठकले तमुहरुको महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तरिख २०१८ शुक्रबार दिन  विभिन्न खेलकुद र संस्कृति कार्यक्रमको साथ धुमधामका साथ मनाउने भएको छ। उक्त दिन कुवेतमा रहेका कुनै पनी सघसस्थाहरुले कार्यक्रम नजुधाइदिन आयोजक तमु समाज कुबेतले अनुरोध गरेको छ।

चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी, सम्पूर्णमा उपस्थितको लागि समाजले अनुरोध समेत गरेको छ।

कार्यक्रमको हुने

मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार
स्थान : तय नभएको हलको खोजीमा
कार्यक्रम: समाजको चौथो अधिवेशन
आयोजक : तमु समाज कुबेत।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...