News Portal

कुवेत नेपाली एकता समाजले गर्‍यो प्यारालाइसिस पिडितलाई अार्थिक सहयोग

हिमाली संचार संवाददाता
४९६ पटक

फेब्रुअरी १, कुवेत : राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ। यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर निवासी नर बहादुर जिसी विगत केही समय देखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ। राजनितिक र समाज सेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित उपचार गर्न अार्थिक अभाव भएको कारणले देश विदेशबाट सहयोगी मनहरुले सहयोग गर्दै अाउनुभएको छ।

त्यसै अनुरुप कुवेत नेपाली एकता समाजले पनि नर बहादुर जिसीको पृष्ठभुमी र योगदानलाई सम्मान गर्दै वहाँको उपचारको लागी थोरै भए सहयोग गरेर सहभागी बन्ने निर्णय गरी उक्त संगठनको केन्द्रिय समिती र सदस्यहरुबाट संकलित रकम १५,००० (पन्ध्र हजार) नेपाली रुपैयाँ एक कार्यक्रमका विच सोही संगठनका केन्द्रिय सदस्य गोपाल नेपालीले हस्तान्तरण गर्दै वहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो।

उक्त हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका वडा नं.९की जनप्रतिनिधी विष्णकली दर्जी, राष्ट्रिय जनमोर्चाका वडा सचिव मेघराज शर्मा, शिक्षक राम पौडेल, प्र.अ. खगराज शर्मा र जनप्रतिनिधी लिला अाचार्य लगायतको उपस्थित रहेको थियो।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...