आज : २०२६-०७-०३, शुक्रबार

शिक्षण अस्पतालबाट डेढ दर्जन डाक्टरहरु पक्राउ

काठमाडौँ – राष्ट्रपति कार्यालय अगाडिको निषेधित क्षेत्र तोड्ने खोज्ने त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टरहरु पक्राउ परेका छन् ।

शिक्षण अस्पतालबाट र्याली निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा टिचिङको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेसहित १७ जना रहेको प्रहरीले जनाएको छ ।

अनसनरत डा. गोविन्द केसीको समर्थन शिक्षण अस्पताललगायत देशभरका चिकित्सकहरु आन्दोलनरत रहेका छन् ।

उनीहरुले आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।