News Portal

दैनिक ८ घण्टा हिडेर विद्यालय पुग्छन् भाेकाे पेटमा पढ्नु पर्छ

हिमाली संचार संवाददाता
४२४ पटक

अर्घाखाँची – सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । उनी अक्षर चिन्दै छन् । तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन । हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ । पुग्न चार घण्टा । फर्किन चार घण्टा । त्यो पनि जंगलको बाटो, एक्लै ।

अर्घाखाँची जिल्लाकै अति विकट ठाउँ हो सिद्धारा तारिके । यहाँ स्कुल छैन । चार घण्टा टाढाको हर्रेमा छ, जनजागृति माध्यमिक विद्यालय । त्यो स्कुल धाउनुको विकल्प सुन्दरसँग छैन ।

उनी उठ्नेबित्तिकै गाँस टिपेर हिँड्छन् । स्कुल पुग्दा थकान र भोकले बेहाल भइसकेका हुन्छन् । फर्किंदा रात परिसकेको हुन्छ । झुल्दै गाँस टिपेर निदाउँछन् । जंगलको बाटोमा उनलाई स्कुल पुर्‍याउने पनि कोही छैन । न त कोही साथी नै छन् । बुबा विदेशमा छन् । आमा दोस्रो विवाह गरेर गइन् । सुन्दर हजुरआमासँग बस्छन् ।

जनजागृति स्कुलमा पढ्ने उनका अरु साथी पनि घण्टौं हिँडेर आउँछन् । केहीले पाँच घण्टा पनि हिँड्नुपर्छ । काठे खोलाका ६ वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने शिक्षिका देवी पोख्रेल पौडेलले बताइन् । तर उनीहरूले सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन ।

उज्यालो हुनेबित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ । पुग्दानपुग्दै भोक लाग्छ । विद्यार्थीले भोको पेट पढ्न नसक्ने भएपछि स्कुलले टिफिन बक्सको व्यवस्था गरेको छ । तर टाढाका केटाकेटी आइपुग्दा टिफिन बक्स रित्तो भइसक्ने प्रधानाध्यापक मणिराम पोख्रेल बताउँछन् ।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...