News Portal

स्याङ्जामा ४७ करोडको सुन्तला बिक्री

हिमाली संचार संवाददाता
५६३ पटक

राधाकृष्ण डुम्रे
स्याङ्जा : स्याङ्जामा चालु आर्थिक वर्षमा झण्डै ४७ करोडको सुन्तला बिक्री हुने भएको छ । १ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन हुने र त्यसको बिक्रीबाट ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँ जिल्ला भित्रिने अनुमान गरिएको छ ।

स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये २९ सय २५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७ सय ३ मेट्रिक टन सन्तला जिल्लाबाहिर पोखरा, बुटवल र काठमाण्डौ निर्यात हुने जिल्ला कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सन्दीप सुवेदीले जानकारी दिनुभयो ।

गएको वर्ष स्याङ्जामा १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा १३ हजार ६ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट झण्डै छत्तीस करोड रुपैयाँ भित्रिएको थियो । जिल्लामा सुन्तलाबाट मात्रै वार्षिक रुपमा २५ लाखसम्म नगद आर्जन गर्ने कृषकसमेत रहेको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउ“पालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । सुन्तलाले प्रख्यात वालिङ नगरपालिका ३ मा ‘सुन्तला बारी होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ ।

बढी सुन्तला उत्पादन हुने भएकाले स्याङ्जामा सुन्तला उत्पादक कृषकलाई प्रोत्साहन र प्राविधिक सहयोग गर्नका लागि २ वर्ष अघिदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन इकाई अन्तर्गत सुन्तला सुपरजोनका जिल्ला घोषणा गरी काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...