News Portal

हिमपात हुदा खोटाङका किसानहरु हर्षित (फोटो फिचर)

हिमाली संचार संवाददाता
९४६ पटक
सन्जिब कोयी

सोदेल, खोटाङ : माघको पहिलो हप्ता नेपालको अधिकांश पहाडी क्षेत्रमा सेताम्य हिउ पर्न सुरु गरे संगै गत बुधबार खोटाङका विभिन्न पहाडी क्षेत्रमा भारी हिमपात परेको छ। समुन्द्र सतह देखि गरिब १६ मीटर माथिसम्म हिउ परेको हो। जिल्लाका विभिन्न कर्मचारी, शिक्षक, विधार्थी र किसानहरु समेत हिउ खेल्न यतिखेर पहाडको काखमा ब्यस्त छन्।

केपीलासगढी गाउपालिका सुङदेल-७ सेरोफेरो चिलिमढुङ्गा, ढुङ्गेडाडा, मौरेथाम, धुपीखर्क, सिलिचोङ र जिल्लाकै अग्लो लौरेडाडाका चारै तिरको अग्ला पहाडहरुमा गमक्क हिउले सेताम्य ढाकेपछि यूरोप नै बिर्साउने गरी बाक्लो हिमपात परेका कारण सेल्फी खिच्दै सामाजिक संजाल फेसबुक भरी गाउँघर पहाडका राम्रो यादगार फोटाहरु अपडेट गर्दै आपसमा खुशियाली साटीरहेका छन।

यस क्षेत्रमा वि.स.२०२८ साल पछि करिव ४९ बर्ष पछि यसरी भारी हिमपात परेको स्थानीयहरुले बताएका छन्। यसरी हिउ परे लगत्तै किसानहरु हर्षित भएका छन्।

यसरी हिउ पर्नाले जमिनमा हुने अनाबस्यक किराहरु नष्ट हुने हुदा बातावरण स्वच्छ उर्वर माटो खुकुलो हुने हुदा हिउ परेका साल खेतीपाती सप्रिने कृषि विज्ञ तथा प्राविधिक गंगा बहादुर विश्वकर्माले बताए। यसरी हिउ परेपछि गाउँका किसानहरुमा खुशी समेत छाएको छ।

तस्वीर : सुशिला राई, सुङदेल।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...