News Portal

हिमपात हुदा खोटाङका किसानहरु हर्षित (फोटो फिचर)

हिमाली संचार संवाददाता
८१९ पटक
सन्जिब कोयी

सोदेल, खोटाङ : माघको पहिलो हप्ता नेपालको अधिकांश पहाडी क्षेत्रमा सेताम्य हिउ पर्न सुरु गरे संगै गत बुधबार खोटाङका विभिन्न पहाडी क्षेत्रमा भारी हिमपात परेको छ। समुन्द्र सतह देखि गरिब १६ मीटर माथिसम्म हिउ परेको हो। जिल्लाका विभिन्न कर्मचारी, शिक्षक, विधार्थी र किसानहरु समेत हिउ खेल्न यतिखेर पहाडको काखमा ब्यस्त छन्।

केपीलासगढी गाउपालिका सुङदेल-७ सेरोफेरो चिलिमढुङ्गा, ढुङ्गेडाडा, मौरेथाम, धुपीखर्क, सिलिचोङ र जिल्लाकै अग्लो लौरेडाडाका चारै तिरको अग्ला पहाडहरुमा गमक्क हिउले सेताम्य ढाकेपछि यूरोप नै बिर्साउने गरी बाक्लो हिमपात परेका कारण सेल्फी खिच्दै सामाजिक संजाल फेसबुक भरी गाउँघर पहाडका राम्रो यादगार फोटाहरु अपडेट गर्दै आपसमा खुशियाली साटीरहेका छन।

यस क्षेत्रमा वि.स.२०२८ साल पछि करिव ४९ बर्ष पछि यसरी भारी हिमपात परेको स्थानीयहरुले बताएका छन्। यसरी हिउ परे लगत्तै किसानहरु हर्षित भएका छन्।

यसरी हिउ पर्नाले जमिनमा हुने अनाबस्यक किराहरु नष्ट हुने हुदा बातावरण स्वच्छ उर्वर माटो खुकुलो हुने हुदा हिउ परेका साल खेतीपाती सप्रिने कृषि विज्ञ तथा प्राविधिक गंगा बहादुर विश्वकर्माले बताए। यसरी हिउ परेपछि गाउँका किसानहरुमा खुशी समेत छाएको छ।

तस्वीर : सुशिला राई, सुङदेल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...