News Portal

प्रकाण्ड पुत्र नरेन्द्र बिराटनगरबाट पक्राउ, गोलीसहित समातिएको हल्ला

हिमाली संचार संवाददाता
५३० पटक

विराटनगर : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र बिश्वकर्मा पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका बिक बिहीबार साँझ विराटनगरबाट पक्राउ परेका हुन्।

अखिल क्रान्तिकारी सुनसरीको जिल्ला सम्मेलनमा अथितिको रुपमा सहभागी हुन गएका बिकलाई प्रहरीले बिमानस्थलबाट पक्राउ गरेको जनाएको छ । बिक यति एयरलायन्सको जहाजबाट साँझको फ्लाइटमा विराटनगरबाट काठमाडौं आउने तयारीमा थिए।

बिकको साथबाट नाइन एमएम पेस्तोलमा लाग्ने तीनवटा गोली समेत बरामत भएको सुचना आएपनि जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रहरी प्रबक्ता घनश्याम श्रेष्ठले गोली समातिएकोबारे सञ्चारकेन्द्रलाई बताउन चाहेनन् । उनलाई पक्राउ गरेपनि प्रहरीले बिहिबार राति अबेरसम्म सञ्चारमाध्यमहरुलाई जानकारी नदिएर गोप्य राख्ने प्रयत्न गरेको थियो ।

सञ्चारकेन्द्रका अनुसार विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा बिकलाई पक्राउ गरिएको श्रेष्ठले बताए। बिक पक्राउबारेमा बुझ्न खोज्दा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले नरेन्द्र पक्राउबारे अझै पुष्टी भइनसकेको बताए ।

ढकालले नरेन्द्र संगठनको कामको शिलशिलामा निम्ति पुर्बी नेपाल गएको भने जानकारी दिए। उनको माउ पार्टी नेकपाले पनि यो समाचार तयार पार्दासम्म यसबारेमा कुनै आधिकारिक धारणा सार्बजनिक गरेको छैन ।

अखिल क्रान्तिकारीले अहिले एनसेलले नेपालबाट ७२ अर्ब करछलि गरेको भन्दै देशभर विरोध प्रदर्शन गरिरहेको छ । यसै क्रममा बिहीबार झापाको दमकमा प्रदर्शन गरेको छ । बिरोधमा उत्रिएका विद्यार्थीहरु माथि प्रहरीले धरपकड समेत गरेको थियो ।

नेकपाले अहिले देशभर संगठन सुदृढ तथा बिस्तार अभियान २ सञ्चालान गरिरहेको छ । त्यहि क्रममा पार्टी निकट प्राय जनबर्गीय संगठनका जिल्ला भेला तथा सम्मेलन, साना-साना कोणसभा, जनसभा र घरदैलो कार्यक्रमहरु गरिरहेको छ ।

यसैबीच नेकपाले बिहिबार पनि पार्टीका पोलिटब्युरो सदस्य ओम पुनको नेतृत्वमा पुर्बी नेपालको विभिन्न जिल्लामा अभियानलाई तिब्रता दिएको छ । अभियान टोलीले मेची ब्युरोको ईलाम र पाँचथरमा बिभिन्न कार्यक्रम गरेको छ ।

बिहिबार पाँचथरको फाल्गुणानन्द गाउँपालिका मेलबोटेमा जनसभा सम्पन्न भएको छ । सभामा सामना साँस्कृतिक परिवारका कलाकारले प्रस्तुति प्रस्तुत गरेका थिए । सभालाई नेता पुनले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...