News Portal

  • युएईमा शहिद दिवस यसरी मनाइयो

    हिमाली संचार संवाददाता
    ४१२ पटक

    युएई : प्राय बिबिध सास्कृतिक कार्यक्रम मात्र मनाईरहने यूएईबासी नेपालीहरुले आज देश र जनताको लागि आहुति दिने शहिदहरुको संझना गर्दै शहिद दिवस मनाएका छन। प्रदेश नं ५ सम्पर्क यूएई, दागं देउखुरी समाज यूएई र ठकुरी सहयोग संजाल यूएईले संयूक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम माघ १६ गते शहिद दिवसकै अवसर पारेर दुबईको शिल्भरस्पुन रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

    उक्त कार्यक्रम बिदाको दिनमा नपरे पनि समय मिल्ने यूएईबासी नेपालीले ज्ञातअज्ञात शहिदहरुको संझना गरि मनाए। कार्यक्रमको सभापतित्व ठकुरी सहयोग संजाल यूएईका अध्यक्ष भिम मल्ल ले गर्नुभएको थियो भने प्रमुख अतिथीमा दांग देउखुरी समाजका अध्यक्ष कमल गिरी त्यसैगरी बिशिस्ट अतिथिमा प्रदेश नं ५ सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काको रहेको कार्यक्रम संचालन भने प्रदेश नं ५ सम्पर्क समिति यूएईका महासचिव खगेन्द्र पराजुली ले गर्नुभएको थियो।

    राष्ट्रियगानको गुन्जन संगै शुरु भएको कार्यक्रम शहिदका तस्विरमा अविर लगाई माल्यार्पण संगै समापन गरिएको थियो। उक्त कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन बिभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवि, ब्यापारी का साथै यूएईमा कार्यरत नेपालीहरुको गौरबमय सहभागिता रहेको थियो। यस अवशरमा प्रदेश नं ५ सम्पर्क समिति यूएईका कोषाध्यक्ष एवं ठकुरी सहयोग संजालका सल्लाहकार विस्वदेभ साहले स्वागत मन्तब्य राख्नुभएको थियो।

    सहिदहरुको संझनामा आफ्ना मन्तब्य राख्दै बिशेष अतिथि राजु खड्का,प्रमुख अतिथि कमल गिरी, अतिथीहरुमा-बिस्व सहयोग संघका गोबिन्द ढकाल,ब्यबसायि तथा समाजसेवि लोकेन्द्र बम,प्रदेश नं ५ का बरिष्ठ उपाध्यक्ष तथा ठकुरी सहयोग संजालका संरक्षक नरेश सेन, नबरपुर सेवा समाजका भिम हमाल,गुल्मी सेवा समाजका लक्ष्मण अर्याल र तनहु सेवा समाजका सल्लाहकार रामबाबु न्यौपाने लगाएतले शहिदहरुका योगदानलाई बिर्सन नहुने कुरामा प्रकाश पार्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको लागि जोड दिनुभएको थियो।

    उक्त कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गराउन उपस्थित भएर र आफ्नो अमुल्य समय दिई केही आफ्ना बिचार राखिदिनु भएकोमा सम्पूर्ण उपस्थित ब्यक्ति ब्यक्तित्वहरुप्रति आयोजक संस्था त्रयले हार्दिक आभार ब्यक्त गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...

    कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

    कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट...