News Portal

सहिद दिवसको अवसरमा सिम्तामा अतिरिक्त क्रियाकलाको आयोजना

हिमाली संचार संवाददाता
४६६ पटक
दुर्गा वि.सी. सल्लिबजार

नेपाल शिक्षक महासंघको आयोजनामा सुर्खेतको सिम्तामा आज विविध कार्यक्रम गरि सहिद दिवस मनाएको छ । सिम्ता गाउँपालिकाका विद्यालय स्तरिय अतिरिक्त क्रियाकलापको आयोजना सञ्चालन गरिएको थियो । मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता र प्राथामिक तह तर्फ हाजिर जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

वक्तृत्वकलामा हिमालय मावि चोल्पाका नविन वि.क.,प्राथामकि तह तर्फको हाजिर जवाफ प्रतियोगितामा प्रावि साहुखालो प्रथम भएको छ भने कविता वाचन,लेखन विमोचनमा कलपना खड्का प्रथम भएकी छन् । सिम्ता क्षेत्रका ९ वडै वडाका मावि तर्फका र प्रथामिक तह तर्फका विद्यार्थीलाई सहिद दिवसको उपलक्ष्यमा अतिरिक्त क्रियाकलाप आयोजना गरि पुरस्कृत गरिएको छ ।

सिम्ता क्षत्रको शैक्षिक सुधारमा धेरै काम गर्नु पर्ने बाँकी रहेको शिक्षक महासंघ गाउँपालिका अध्यक्ष टोपेन्द्र के.सी.ले वताउनु भएको छ । शैक्षिक क्षेत्र सुधारमा परिवर्तन ल्याउन गाउँपालिकालाई आर्थिक अवस्था जोह गर्न र वजेटको भोलम वढाउन अनुरोध गर्नु भएको छ । थोरै वजेटले मात्रै शिक्षामा सुधार हुन नसक्ने वताएको छ । अन्य तुलनामा शिक्षामा वजेट कम भएको गुनासो छ ।

सहिद दिवसको अवसमा वागेश्वरि मावि राकममा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला निकायहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

गाउँपालिकाको आर्थिक तथा समन्वयत्माक सहयोगमा यस अघि शिक्षक महासंघको आयोजनामा गाउँपालिकाका प्रत्येक वडामा हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सहिद दिवसकै अवसरमा बनगाड कुपिण्डे नगरपालिकाको वडा,५ मा रहेको त्रिभुवन जनता माविले पनि मावि,निमावि र प्रथामिक तह स्तरिय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको थियो । प्रथम,द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले वताएको छ ।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...