News Portal

सहिद दिवसको अवसरमा सिम्तामा अतिरिक्त क्रियाकलाको आयोजना

हिमाली संचार संवाददाता
४४७ पटक
दुर्गा वि.सी. सल्लिबजार

नेपाल शिक्षक महासंघको आयोजनामा सुर्खेतको सिम्तामा आज विविध कार्यक्रम गरि सहिद दिवस मनाएको छ । सिम्ता गाउँपालिकाका विद्यालय स्तरिय अतिरिक्त क्रियाकलापको आयोजना सञ्चालन गरिएको थियो । मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता र प्राथामिक तह तर्फ हाजिर जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

वक्तृत्वकलामा हिमालय मावि चोल्पाका नविन वि.क.,प्राथामकि तह तर्फको हाजिर जवाफ प्रतियोगितामा प्रावि साहुखालो प्रथम भएको छ भने कविता वाचन,लेखन विमोचनमा कलपना खड्का प्रथम भएकी छन् । सिम्ता क्षेत्रका ९ वडै वडाका मावि तर्फका र प्रथामिक तह तर्फका विद्यार्थीलाई सहिद दिवसको उपलक्ष्यमा अतिरिक्त क्रियाकलाप आयोजना गरि पुरस्कृत गरिएको छ ।

सिम्ता क्षत्रको शैक्षिक सुधारमा धेरै काम गर्नु पर्ने बाँकी रहेको शिक्षक महासंघ गाउँपालिका अध्यक्ष टोपेन्द्र के.सी.ले वताउनु भएको छ । शैक्षिक क्षेत्र सुधारमा परिवर्तन ल्याउन गाउँपालिकालाई आर्थिक अवस्था जोह गर्न र वजेटको भोलम वढाउन अनुरोध गर्नु भएको छ । थोरै वजेटले मात्रै शिक्षामा सुधार हुन नसक्ने वताएको छ । अन्य तुलनामा शिक्षामा वजेट कम भएको गुनासो छ ।

सहिद दिवसको अवसमा वागेश्वरि मावि राकममा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला निकायहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

गाउँपालिकाको आर्थिक तथा समन्वयत्माक सहयोगमा यस अघि शिक्षक महासंघको आयोजनामा गाउँपालिकाका प्रत्येक वडामा हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सहिद दिवसकै अवसरमा बनगाड कुपिण्डे नगरपालिकाको वडा,५ मा रहेको त्रिभुवन जनता माविले पनि मावि,निमावि र प्रथामिक तह स्तरिय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको थियो । प्रथम,द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले वताएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...