News Portal

  • राजदूत हमाल दम्पतिलाई माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुवेतले गर्‍यो बिदाई !

    हिमाली संचार संवाददाता
    ५०० पटक

    कुवेत ३०, जनवरी : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले नेपाली राजदुत यज्ञ बहादुर हमाल र उनकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । सोमबार राजदूतावासमै गएर क्लवले राजदूत र उनकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेको थियो ।

    क्लवका पुर्व अध्यक्ष जय आलेले सञ्चालन गरेको बिदाई कार्यक्रममा राजदूतको प्रमुख आतिथ्य, क्लव अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्व र राजदूत धर्मपत्नी रिता हमाल लगायत क्लवका संस्थापक बरिष्ट सल्लाहकार मित्र सिंजाली मगरको बिशेष आतिथ्यता रहेको थियो ।

    क्लवले राजदुतले आफ्नो ४ बर्षे कार्यकालमा कुवेतको नेपाली समुदाय र नेपाली दुतावास कुवेतको सम्बन्धलाई सुमधुर बनाउन चालेको पहल, नेपाली श्रमिकहरुको हक-हितमा उठान गरेका आवाज, पीडित महिला कामदारहरुको उद्दारमा पुर्‍याएको सहयोग, नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका योगदान र नेपाल-कुवेत दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्न कुटनैतीक भूमिकाको सराहाना गर्दै उनको सुस्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरेको थियो ।

    यसैगरी, राजदूत धर्मपत्नी तथा प्रथम नेपाली महिला रिता हमालले कुवेत आएदेखी नै कुटनैतीक मर्यादा भित्र रहेर बिबिन्न देशका महिलाहरुसँग अन्तर्कृया गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृती, भाषा-भेषभुषा, परम्परा र उत्पादन लगायतका पहिचान झल्कने सामाग्रीहरु पस्किने र बेला बेलामा कार्यक्रमहरु समेत दिंदै आएको र नेपाली समाजका गतिबिधिहरुमा सहभागीता जनाई सल्लाह सुझाव दिएकोमा क्लवले प्रशंसा गरेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजदूतले क्लवले नेपाली समाज कुवेतमा स्थापनादेखी नै निर्वाह गर्दै आएको भूमिकाको चर्चा र प्रशंसा गर्दै आफ्नो ४ बर्षे कार्यकालमा पुरा भएका र कतिपय बाँकी रहेका कुटनैतीक कार्यहरुको जानकारी गराएका थिए ।

    उनले कुवेतदेखी आफु  छुट्टीएर गए पनि नेपालमा कार्यरत रहने सरकारी निकायमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको लागि आफ्नो ढोका हमेशा खुल्ला रहने र क्लव लगायत कुवेतवासी नेपालीहरुले दिएको माया, ममता र साथ सहयोगलाई हृदयमा सजाएर लैजाने बताए ।

    कार्यक्रम महामहिम राजदूतको सभा कक्षमा बेलुकिको ७ देखी ८.३० बजेसम्म चलेको थियो ।
    कार्यक्रममा महामहिम राजदुत लगायत क्लवका बरिष्ट सल्लाहाकार मित्र सिंजाली, अध्यक्ष ईन्द्र प्रसाद पोखरेल, पुर्व अध्यक्ष जय आले लगायतले मन्तव्य राखेका थिए भने सचिव डम्बर रिमालले मन्तव्यद्वारा सबैलाई स्वागत गरेका थिए ।

    यसै अवसरमा अलमुल्ला एक्सचेन्ज कुवेतको तर्फबाट अल्मुल्ला एक्सचेन्जका बिजनेस डेभलप्मेन्ट एक्जुकिटिव छविराम सुनारले समेत राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाललाई दोसल्ल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...