News Portal

फेसबुकबाट इन्स्टाग्राम र ह्वाट्सएपमा मेसेज पठाउन सकिने

हिमाली संचार संवाददाता
५७९ पटक

एजेन्सी : सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना बनाएको छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।

उल्लेखित तिनवटै एप्सलाई एउटै एपमा समायोजन गरिनेछ । एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्तालाई समेत मेसेज पठाउन सकिनेछ ।

न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यी एप्सहरुबीच हुने च्याटिङ्ग निकै सुरक्षित अर्थात् एण्ड टू एण्ड इनक्रिप्टेड हुनेछ । यद्यपि फेसबुकले मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच समायोजन गर्ने कुनै एकिन मिति घोषणा गरेको भने छैन ।

फेसबुकले आफ्नो एक विज्ञप्तीमा भनेको छ, ‘हामी मेसेजिङको अनुभवलाई अझै उत्कृष्ट बनाउन चाहन्छौँ । मेसेजिङ्ग फास्ट, सरल र गोप्य होस् भन्ने मानिसहरुको चाहना छ ।

यो सर्भिस सुरु भएसँगै प्रयोगकर्ताले कुनै एक एपबाट अर्को एपमा मेसेज पठाउन सकिनेछ । यो कदमपश्चात् फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्यामा पनि वृद्धि हुनेछ । यी तिनैवटा एप्सको समायोजन पछि फेसबुकले एप्पलको आइ मेसेज र गुगलको मेसेज सर्भिसलाई टक्कर दिनेछ ।

समाचार अनुसार सन् २०२० को सुरुवात सम्ममा फेसबुकले आफ्ना तिनवटा मेसेजिङ एपलाई समायोजन गर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...