News Portal

विप्लव नेकपाका नेता भन्छन – सरकारले जनतालाई कंगाल बनायो

हिमाली संचार संवाददाता
५२६ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यान : नेपाल कम्युनिष्ट पार्टि विप्लवले पार्टिको सुदृढिकरण अभियानलाई तिव्रता पारेको छ । पार्टि सुदृढिकरण र सँगठन विस्तार कार्यक्र नामकरणमा बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीवजारमा सम्पन्न भएको छ ।

संगठन सुदृढिकरण अभियान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मिलनको नेतृत्वमा पुगेका विप्लव निकट जिल्ला नेता तथा कार्यकर्ताले संघिय व्यवस्था र नेकपा सरकारको चर्को आलोचना गरेका छन् ।

जिल्ला इन्चार्ज डिल्लीराज शर्मा  “विश्वले’ सल्यानको जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरु गलत दिशामा हिडिरहेको आरोप लगाउनु भएको छ ।गाउँपालिका, नगरपालिकाका कर्मचारी देखि जनप्रतिनिधीहरुले राज्यको सम्पत्ति चरम दुपर्योग गरेको वताउनु भयो ।

विकास निर्माणका काममा आधा काम गरेर वचाई खाने खेल समेत भएको आरोप छ । त्यसै गरि नेकपा विप्लव निकट केन्द्रीय सदस्य मिलनले अव राज्य विरुद्ध शसक्त क्रान्ती हुने चेतावाणी दिनु भएको छ ।

नयाँ क्रान्तीका लागि जन सेना तयारि अवस्थामा  रहेको र अव आफुहरुसँग हतियार मात्रै नभएको वताउनु भयो । दलाल संसदीय व्यवस्थाका विरुद्ध साथ दिन जनतालाई अपिल समेत गरिएको छ । नेकपा सरकार पुर्णतया असफल भएकाले अवको विकल्प भनेको नेकपा विप्लवको मात्रै रहेको औल्याएको छ ।

देशमा लामो समयमा राजकाज चलाएको राजासँगै नेपाली काँग्रेस उसकै गतीमा विलाएको छ । अव नेकपा पनी केहि समय पछि तेहि बाटोमा जाने ठोकुवा गरिएको छ । नेकपा सरकारले जनतालाई सम्वृद्धि सुखी होईन दुखी र कगांल पारेको आरोप छ ।

अभियानका क्रममा बनगाड कुपिण्डे नगर इन्चार्ज कालुराम वादिको अध्यक्षतामा भएको कार्यक्रममा दैलेख जिल्ला इन्चार्ज विवेक, बनगाड कुपिण्डे नगर सेक्रटरी शंकर वुढाथोकि लगाएतका वक्ताहरुले धारण राख्नु भएको थियो। दोस्रो चरणको अभियान कार्यक्रमको सञ्चालन सल्यान जिल्ला जन सत्ता प्रमुख मोहन के.सीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...