News Portal

गृहमन्त्रीलाई तरुणदलका अध्यक्षको प्रश्न : ‘निर्मलाको हत्या हुँदा तपाईंका छोरा कहाँ थिए ?’

हिमाली संचार संवाददाता
४९२ पटक

गोविन्द देवकोटा
सुर्खेत : तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादललाई निर्मला हत्या प्रकरणमा जोड्दै कडा प्रश्न गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘गृहमन्त्रीज्यू कन्चनपुर घटना हुँदा तपाईंका छोरा कहाँ थिए ?

उनले निर्मला पन्तका हत्यारा सार्वजनिक नगरे सडकमा ल्याएर आफैं नङ्ग्याउने चेतावनीसमेत दिएका छन्।  गृहमन्त्रीका छोराप्रति लक्षित गर्दै बस्नेतले थप भने, ‘उनको व्यवहार र चरित्र कस्तो हामीलाई राम्रैसँग थाहा छ।  यदि तपाईंले हत्यारा सार्वजनिक नगर्ने हो भने हामी सडकमा ल्याएर नङ्ग्याउँछौँ।

बस्नेतले सरकार दलालको पक्षमा देखिएको आरोपसमेत लगाए। ‘बलात्कार, हत्याहिंसा र भ्रष्टाचार नै कम्युनिस्ट सरकारको उपहार भएको छ।  यो हामी कदापी सहन सक्दैनौँ’, उनले भने।

उनले सरकारले कांग्रेसका नेताको इतिहास मेट्ने प्रयास गरेको भन्दै आपत्ति जनाए।  ‘यो सरकारले हाम्रा नेताको इतिहास मेटाउने प्रयास गर्दैछ’, बस्नेतले भने, ‘त्यो शाख जोगाउँन ज्यान दिन पनि तयार छौं ।

उनले सरकार नसच्चिए सडकबाटै ढाल्ने चेतावनी दिए।  ‘सरकार प्रतिपक्षी कांग्रेस र जनतालाई डस्ने काम गरिरहेको छ’, बस्नेतले भने, ‘सचेत गराउँदा पनि सच्चिएन भने सडकबाटै सरकार ढालिन्छ।

सभामा बोल्ने अधिकांश नेताले कम्युनिस्ट सरकारसँगको अन्तिम लडाई भएको बताएका छन्।  सातवटै प्रदेशका कार्यक्रम सकिएपछि काठमाडौंमा एक लाख युवा लिएर सरकारविरुद्ध परेड खेल्ने तयारी तरुण दलको छ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...