News Portal

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई दियो भारतीय दूतावासले एम्बुलेन्स

हिमाली संचार संवाददाता
४६४ पटक

जनकबहादुर शाही
हुम्ला : हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । मित्रराष्ट्र भारतले आफ्नो ७० औं गणतन्त्र दिवसको अवसर पारेर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सो सहयोग एम्बुलेन्स गरेको हो ।

हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिकालाई सहित देशभरका ३० वटा संघ संस्थालाई भारतीय दूताबासले गणतन्त्र दिवसको अबसर पारेर एम्बुलेन्स सहयोग गरेको छ ।

आजै भारतीय दूतावास काठमाडौले आफ्नो गणतन्त्र दिवसको अबसर पारेर एम्बुलेन्सको चाबी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललाई हस्तान्तरण गरेको खार्पुनाथ गाउँपालिकाका लेखापाल बिशाल बोहोराले जानकारी दिनुभयो ।

चाबी बुझेपछि गाउँपालिकाका अध्यक्ष रावलले नेपालका लागि भारतीय राजदूत मन्जीब सिंह पुरीसहित भारतीय दूताबास काठमाडौले हुम्ला जस्तो बिकट गाउँ ठाउँलाई सम्झेर ठुलो गुन लगाएको बताउनु भएको पनि बोहोराले उल्लेख गर्नु भयो ।

भारतीय दूताबासबाट यसरी एम्बुलेन्स सहयोग पाउने खार्पुनाथ गाउँपालिका हुम्ला जिल्लाकै पहिलो गाउँपालिका भएको छ । गाउँपालिकाका तर्फबाट चाबी हस्तान्तण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल र लेखापाल बिशाल बोहोराको उपस्थिति रहेको थियो ।

हस्तान्तरण गरिएको एम्बुलेन्स केहि दिनमा आउने भएकाले एम्बुलेन्स प्राप्त भएपछि तत्कालै जिल्लामा ल्याउने व्यवस्था मिलाइने अध्यक्ष रावलले बताउनुभयो ।

एम्बुलेन्स आए पछि बिरामिलाई स्टेचरमा बोकेर ४/५ घण्टा पैदल हिडेर अस्पताल पु¥याउनु पर्ने समस्या हटेको र अब देखि सदरमुकाम सिमिकोटमा रहेको जिल्ला अस्पतालमा आपतकालीन विरामीलाई लैजान सहज हुने भएको भन्दै अध्यक्ष रावलले खुसी व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...