News Portal

बाहिर खाजाघरको नाम, भित्र यौनधन्दा !

हिमाली संचार संवाददाता
४५३ पटक

काठमाडौं –  पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ ।

काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा यौनधन्दा पनि हुने गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पत्ता लगाएको छ । यो सँगै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा माघ ७ गते उक्त खाजाघरमा छापा मार्दा युवतीहरुलाई दैनिक २० देखि २५ जना ग्राहकसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाइएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ पर्नेहरुमा मनु छन्त्याल र राजु छन्त्याल भनिने राजु महर्जन रहेका छन् । सोही दिनदेखि फरार रहेका राजु छन्त्याललाई विशेष सूचनाको आधारमा वृतबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी ग्राहकहरुसँग यौन सम्पर्क गर्न लगाएको, यौन सम्पर्क गर्न नमानेमा शारीरिक र मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

खाजा घर सञ्चालनको नाममा यौनधन्दा हुने गरेको पाइएको वृतका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । ‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको भेटिएको छ,’ प्रसाईंले भने ।

निजहरुले परिवर्तित नाम १६७ र परिवर्तित नाम १६७ (क) लाई निजहरुको ईच्छा मन्जुरी बिना दबाबमा पारी लामो समयदेखि जबरजस्ती यौनजन्य कार्यमा संलग्न गराइएको पाइएको छ ।

उनीहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...