News Portal

सिम्तामा मावि र प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता

हिमाली संचार संवाददाता
४५४ पटक
दुर्गा वि.सी.

सुर्खेतको सिम्तामा शिक्षक महासघ र गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार गाउँपालीकाका ९ वटै वडाका प्राथामिक तहको हाजिर प्रतियोगिता सञ्चालन गरिएको छ । प्रत्येक वडाका प्रथम प्रावि स्तरका विद्यार्थीको लागि सहिद सप्ताहाको अवसरमा पुनः सिम्ता स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने सिम्ता शिक्षा शाखाले जनाएको छ ।

सिम्ता क्षेत्रका ६० वटा प्राथामिक तहका प्रत्येक वडामा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै गरि शुक्रबार नै नेपाल रेडक्रस सोसाईटी उपशाखा सिम्ताको सम्नवय र नेपाल जुरेस रेडक्रसको आयोजनामा मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियोे ।

उक्त प्रतियोगितामा भानु मावि वजेडीचौर प्रथम भएको छ । दोस्रोमा वागेश्वरी मावि राकम र तेस्रोमा नेरा मावि लापु भएको वताइएको छ । कार्यक्रममा प्रमुख अतिथी सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले शिक्षाको विकास नै सिम्ताको प्रमुख आधार शिला हुने जनाउनु भएको छ । शिक्षा क्षेत्र सुधारको लागि र विद्यार्थीको पढाई गुणस्तर वढाउन सवैले सहयोगीपुर्ण काम गर्न अवगत गराउनु भएको थियो ।

सिम्ता गाउँपालिकाले शिक्षाको गुणस्तरताका लागि अजुर्न दृष्टि र ठुलो मात्रामा आर्थिक सहयोग खर्चीने जनाउनु भएको छ । विजेता विद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको थियो । जुरेस अध्यक्ष लक्ष्मी वुढाको अध्यक्षतामा नेरा मावि लापुमा कार्यक्रम भएको थियो । गाउँपालिकाले विद्यार्थीको लागि थुप्रै खाले अतिरिक्त क्रियाकलपाको लागि आर्थिक सहयोग गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...