News Portal

नेपाल तामाङ घेदुङ्ग कुवेतको ल्होछार बिशेष कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
६१६ पटक

कुवेत : नेपाल तामाङ घेदुङ कुवेतले तामाङ समुदायको नयाँ वर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) को अवसरमा विशेष कार्यक्रम गरी मनाउने भएको छ। नेपाल तामाङ घेदुङले कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार पर्वका अवसरमा सो कार्यक्रम आयोजना गर्ने भएको समाजले जनाएको छ।

तामाङ जातीले सोनाम ल्होछारलाई आफ्नो नयाँ बर्षको रुपमा मनाउने गरेका छन्। हरेक माघ शुक्लपक्ष प्रतिपदाका दिन उनीहरुको ल्हो र वर्ग फेरिने हुँदा उक्त तिथिलाई तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउँदै आएको छ।

बौद्ध धर्म अनुसार तामाङ समुदायले राष्ट्रिय पर्वको रुपमा मनाइने सोनाम ल्होछारमा विशेष गरी आफू भन्दा ठुला मान्यजनबाट सेतो टीका लगाइ आशीर्वाद ग्रहण गर्ने चेली माइती तथा आफान्तजन भेटघाट गर्ने र आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने गरिन्छ।

ल्होछारमा विशेष किसिमको खानाको परिकार पनि बन्ने गर्दछ जसलाइ ‘खपस्यो’ भनिन्छ। खप्स्यो, मैदाबाट विभिन्न किसिमको रङहरुमा तामाङ जातीले बर्गको रुपमा संकेत गर्ने १२ थरिका जीव जन्तुहरु मुसा, बिरालो, गाई, सुँगुर, कुकुर, बाघ, सर्पा, गरुँड, चरा, बाँदर, भेडा र घोडाको आकार बनाइ स्वाद अनुसार चिनी हालेर तेलमा पकाएर खाने गरिन्छ।

फेब्रुवरी १ तारिकका दिन कुवेतमा क्रियाशिल कुनै पनि संस्थाले कार्यक्रम नजुधाइ सोनाम ल्होछार कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहु संस्थाका अध्यक्ष सुरेस ग्याबाले अनुरोध समेत गरेका छन्।

   कार्यक्रम हुने

मिति : १ फेब्रुअरी २०१९
स्थान : राजधानी इन्डियन रेस्टुरेन्ट, खैतान
समय : बिहान ११ बजे
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...