News Portal

गगनलाई धम्क्याउने महरलाई ऋषिकेशको जवाफ, ‘त्रिचन्द्र हाम्रै आँगन हो, भिड्न जहाँ पनि तयार छौं’

हिमाली संचार संवाददाता
४७१ पटक

काठमाडौं : जर्वजस्ती चिकित्सा शिक्षा ऐन पारित गर्न खोजेर सरकारले भिडन्तको स्थिति निम्त्याएको कांगेस नेता गगन थापाको अभिव्यक्तिमा गलत नियतका साथ धम्कीपूर्ण अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई विद्यार्थी नेता ऋषिकेश शाहले मुखभरीको जवाफ दिएका छन् । सामाजिक सञ्जाल मार्फत शाहले महरलाई जवाफ फर्काएका हुन् ।

प्रिय मित्र ऐन महर जी
अखिल महासचिब !
बागबजार !

जनतालाई शोषण गरी निश्चित मेडिकल माफ़ियाहरूको हित हुने गरी सरकारले बलजफती पास गर्न खोजेको चिकित्साशास्त्र बिधेयक माथी मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको गंभीर असहमति रहेको देशलाई जानकारी छ। नेपाली कांग्रेस जनताको उत्थानको लागी जन्मिएको पार्टी हो जनताको पक्षमा लड़छ। यही बिषयमा जारी असहमतिलाई लिएर नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापालाई तपाईले व्यक्तिगत रूपले चुनौती दिएको देखेर उदेक लागेको छ।
तपाईको अभिव्यक्तिले नेतादेखी कार्यकर्ता समेतमा रहेको दुई तिहाईको दम्भ सदनदेखि सडक हुदै बजारदेखि गाऊँ सम्म छताछुल्ल भएको छ।
दुई तिहाई जनमत देशको समृद्धि र बिकासका लागी प्राप्त भएको थियो तर दुई तिहाई जनमत प्रदान गर्ने तिनै जनतालाई शोषण, लूटपाट,असुरक्षा र डरधम्की दिएर जाने हो भने नेपाली कांग्रेस र यसका कार्यकर्ता चुप लागेर बस्ने अवस्था रहदैन।
लोकतान्त्रिक परिपाटीको सुरक्षा, जनताको हक र हित अनि न्यायका लागी, अन्याय अत्याचार र भ्रस्टाचारका विरुद्ध हामी उभिने छौ । त्रिचन्द्रको कुरा नगरौ त्यो त हाम्रै आगन हो हामी कम्युनिस्ट अधिनायकबादका  विरुद्ध सबै क्याम्पस, सबै स्कूल र देशका क़ुना कंदरा सबैतिर लडन तयार छौ।
दुई तिहाईको दम्भ परित्याग गरौ । देशलाई लोकतान्त्रिक संसदिय परिपाटी र बिधान अनुसार संचालन गरौ । यो देशलाई अशान्तिको दलदलबाट निकालेको कांग्रेसले यो देशमा पहिलो पटक मुक्तिसेना गठन गरी राणा शासनको अन्त गरेको थियो स्मरण रहोस ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...