News Portal

गगनलाई धम्क्याउने महरलाई ऋषिकेशको जवाफ, ‘त्रिचन्द्र हाम्रै आँगन हो, भिड्न जहाँ पनि तयार छौं’

हिमाली संचार संवाददाता
४१६ पटक

काठमाडौं : जर्वजस्ती चिकित्सा शिक्षा ऐन पारित गर्न खोजेर सरकारले भिडन्तको स्थिति निम्त्याएको कांगेस नेता गगन थापाको अभिव्यक्तिमा गलत नियतका साथ धम्कीपूर्ण अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई विद्यार्थी नेता ऋषिकेश शाहले मुखभरीको जवाफ दिएका छन् । सामाजिक सञ्जाल मार्फत शाहले महरलाई जवाफ फर्काएका हुन् ।

प्रिय मित्र ऐन महर जी
अखिल महासचिब !
बागबजार !

जनतालाई शोषण गरी निश्चित मेडिकल माफ़ियाहरूको हित हुने गरी सरकारले बलजफती पास गर्न खोजेको चिकित्साशास्त्र बिधेयक माथी मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको गंभीर असहमति रहेको देशलाई जानकारी छ। नेपाली कांग्रेस जनताको उत्थानको लागी जन्मिएको पार्टी हो जनताको पक्षमा लड़छ। यही बिषयमा जारी असहमतिलाई लिएर नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापालाई तपाईले व्यक्तिगत रूपले चुनौती दिएको देखेर उदेक लागेको छ।
तपाईको अभिव्यक्तिले नेतादेखी कार्यकर्ता समेतमा रहेको दुई तिहाईको दम्भ सदनदेखि सडक हुदै बजारदेखि गाऊँ सम्म छताछुल्ल भएको छ।
दुई तिहाई जनमत देशको समृद्धि र बिकासका लागी प्राप्त भएको थियो तर दुई तिहाई जनमत प्रदान गर्ने तिनै जनतालाई शोषण, लूटपाट,असुरक्षा र डरधम्की दिएर जाने हो भने नेपाली कांग्रेस र यसका कार्यकर्ता चुप लागेर बस्ने अवस्था रहदैन।
लोकतान्त्रिक परिपाटीको सुरक्षा, जनताको हक र हित अनि न्यायका लागी, अन्याय अत्याचार र भ्रस्टाचारका विरुद्ध हामी उभिने छौ । त्रिचन्द्रको कुरा नगरौ त्यो त हाम्रै आगन हो हामी कम्युनिस्ट अधिनायकबादका  विरुद्ध सबै क्याम्पस, सबै स्कूल र देशका क़ुना कंदरा सबैतिर लडन तयार छौ।
दुई तिहाईको दम्भ परित्याग गरौ । देशलाई लोकतान्त्रिक संसदिय परिपाटी र बिधान अनुसार संचालन गरौ । यो देशलाई अशान्तिको दलदलबाट निकालेको कांग्रेसले यो देशमा पहिलो पटक मुक्तिसेना गठन गरी राणा शासनको अन्त गरेको थियो स्मरण रहोस ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...