News Portal

नेपाली जनसम्पर्क समिति युएईले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

हिमाली संचार संवाददाता
२५२५ पटक

रामप्रसाद ढुंगेल,
युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क समिति, युएईले सरकारविरूद्ध विज्ञप्ति प्रकाशित गरी वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएको हो ।

समितिका युएई अध्यक्ष खेमराज बस्नेतले विज्ञप्तिमार्फत सरकारले संबैधानिक निकायलाई कार्यकारीको अधिनमा राख्ने, सरकारलार्इ पार्टीका रूपमा संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायलाई ब्यबसायिक रुपमा सन्चालन गर्नुको सट्टा पार्टीको प्रतिबद्धताका आधारमा चलाउने गरेको अारोपसमेत लगाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा बिधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानुनी तरिकाबाट खारेज गर्ने केपी शर्मा ओली सरकारको निर्णय तत्काल फिर्ता लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौला रोग, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका बिरामीहरुलाई मासिक पाँच हजार रुपैयाँ जिवीकोपार्जन भत्ता दिने ब्यबस्था गर्न जनसम्पर्क समितिले माग गरेको छ ।

साथै, भूकम्प पीडितहरुलाई थप एक लाख राहत दिने तथा बृद्धभत्ता सम्बन्धी गरिएका पूर्ववर्ति सरकारको निर्णयलाई खारेज गर्ने वर्तमान सरकारको निर्णयको नेपाली समितिले निन्दा गरेको छ ।

यस्तै महँगी आकाँशिदै गएको तर प्रधानमन्त्री केपिशर्मा ओलीले यो बिषयलाई गम्भीरताको साथ लिनुको सट्टा गैरजिम्मेवारी तरिकाबाट प्रस्तुत हुने र दुई तिहाइको दम्भ देखाउँदै कानूनभन्दा माथि देखाएको जनसम्पर्क समिति युएईको आरोप छ ।

सर्वसाधारण जनताको ढाड सेकाउने गरी करको दायरा बढाइएको र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप गरिनु अति नै निन्दनीय काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कानुनी राज्यको उल्लङ्गन गर्नुका साथै बिना हातहतियार भेला हुन र शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारमा रोक लगाइएको भन्दै जनसम्पर्क समिति यूएईले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएको छ ।

यही साउन १५ गते कांग्रेसले गरेको बिरोध कार्यक्रमबाट सरकारको दिनगन्ति सुरू भइसकेको भन्दै नेपाली जनसम्पर्क समिति युएईका महमन्त्री कृष्ण गौतमले बताए ।

जनसम्पर्क समिति युएईका पूर्व अध्यक्ष तथा नवगठित जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति विश्व संजालका उपसभापति चित्र केसीले वर्तमान ओली सरकार सत्तालिप्सामा चुर्लुम्म डुबेको बताउँदै कांग्रेसले सरकारको अधिनायकबादबिरुद्दको आन्दोलनमा आफ्नो अतुलनीय शक्ति देखाएको दाबी गरे ।

हेर्नुहोस यस्तो छ बिज्ञपति :

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...