News Portal

  • नेपाली जनसम्पर्क समिति युएईले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

    हिमाली संचार संवाददाता
    २३२६ पटक

    रामप्रसाद ढुंगेल,
    युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

    नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क समिति, युएईले सरकारविरूद्ध विज्ञप्ति प्रकाशित गरी वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएको हो ।

    समितिका युएई अध्यक्ष खेमराज बस्नेतले विज्ञप्तिमार्फत सरकारले संबैधानिक निकायलाई कार्यकारीको अधिनमा राख्ने, सरकारलार्इ पार्टीका रूपमा संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायलाई ब्यबसायिक रुपमा सन्चालन गर्नुको सट्टा पार्टीको प्रतिबद्धताका आधारमा चलाउने गरेको अारोपसमेत लगाएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा बिधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानुनी तरिकाबाट खारेज गर्ने केपी शर्मा ओली सरकारको निर्णय तत्काल फिर्ता लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

    मिर्गौला रोग, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका बिरामीहरुलाई मासिक पाँच हजार रुपैयाँ जिवीकोपार्जन भत्ता दिने ब्यबस्था गर्न जनसम्पर्क समितिले माग गरेको छ ।

    साथै, भूकम्प पीडितहरुलाई थप एक लाख राहत दिने तथा बृद्धभत्ता सम्बन्धी गरिएका पूर्ववर्ति सरकारको निर्णयलाई खारेज गर्ने वर्तमान सरकारको निर्णयको नेपाली समितिले निन्दा गरेको छ ।

    यस्तै महँगी आकाँशिदै गएको तर प्रधानमन्त्री केपिशर्मा ओलीले यो बिषयलाई गम्भीरताको साथ लिनुको सट्टा गैरजिम्मेवारी तरिकाबाट प्रस्तुत हुने र दुई तिहाइको दम्भ देखाउँदै कानूनभन्दा माथि देखाएको जनसम्पर्क समिति युएईको आरोप छ ।

    सर्वसाधारण जनताको ढाड सेकाउने गरी करको दायरा बढाइएको र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप गरिनु अति नै निन्दनीय काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    कानुनी राज्यको उल्लङ्गन गर्नुका साथै बिना हातहतियार भेला हुन र शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारमा रोक लगाइएको भन्दै जनसम्पर्क समिति यूएईले सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएको छ ।

    यही साउन १५ गते कांग्रेसले गरेको बिरोध कार्यक्रमबाट सरकारको दिनगन्ति सुरू भइसकेको भन्दै नेपाली जनसम्पर्क समिति युएईका महमन्त्री कृष्ण गौतमले बताए ।

    जनसम्पर्क समिति युएईका पूर्व अध्यक्ष तथा नवगठित जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति विश्व संजालका उपसभापति चित्र केसीले वर्तमान ओली सरकार सत्तालिप्सामा चुर्लुम्म डुबेको बताउँदै कांग्रेसले सरकारको अधिनायकबादबिरुद्दको आन्दोलनमा आफ्नो अतुलनीय शक्ति देखाएको दाबी गरे ।

    हेर्नुहोस यस्तो छ बिज्ञपति :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...