News Portal

झापाली समाज कुवेतद्वारा स्व.घिमिरेको परिवारलाई १ लाख ७० हजार आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४६९ पटक

कुवेत : झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका बिष्णु कुमार घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो ।

स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द रहदै आईरहेका थिए। वहाँको आमा, श्रीमती र एक छोरा रहेका छन् र नाबालक छोराको पालन पोषण र शिक्षा आर्जनको लागी झापाली समाज कुवेतले झापाको दमक स्थित सानिमा बैंकमा स्व. घिमिरेका सुपुत्र प्रयास घिमिरेको नाममा खाता खोलि १,७०,०००(एक लाख सहत्तरी) हजार डिपोजिट गरि दिएको छ।

केहि दिनको लागि घर बिदामा जानु भएका समाजका उपाध्यक्ष रामजी अधिकारि, सल्लाहाकार अर्जुन बस्नेत, सल्लाहाकार शिब लिम्बु र सल्लाहाकार श्याम ढकालको रोहोवारमा खोलिएको बैक खाताको सम्पूर्ण कागतपत्र हिजो २३ जनावरी २०१९ बुधबारका दिन स्व. घिमिरेकै निवासमा स्व. घिमिरेको श्रीमतीकै हातमा वार्ड अध्यक्ष कर्ण बहादुर थापाको उपस्तिथिमा हस्तात्रण गरिएको समाजका महासचिब गोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...