News Portal

झापाली समाज कुवेतद्वारा स्व.घिमिरेको परिवारलाई १ लाख ७० हजार आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४३१ पटक

कुवेत : झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका बिष्णु कुमार घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो ।

स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द रहदै आईरहेका थिए। वहाँको आमा, श्रीमती र एक छोरा रहेका छन् र नाबालक छोराको पालन पोषण र शिक्षा आर्जनको लागी झापाली समाज कुवेतले झापाको दमक स्थित सानिमा बैंकमा स्व. घिमिरेका सुपुत्र प्रयास घिमिरेको नाममा खाता खोलि १,७०,०००(एक लाख सहत्तरी) हजार डिपोजिट गरि दिएको छ।

केहि दिनको लागि घर बिदामा जानु भएका समाजका उपाध्यक्ष रामजी अधिकारि, सल्लाहाकार अर्जुन बस्नेत, सल्लाहाकार शिब लिम्बु र सल्लाहाकार श्याम ढकालको रोहोवारमा खोलिएको बैक खाताको सम्पूर्ण कागतपत्र हिजो २३ जनावरी २०१९ बुधबारका दिन स्व. घिमिरेकै निवासमा स्व. घिमिरेको श्रीमतीकै हातमा वार्ड अध्यक्ष कर्ण बहादुर थापाको उपस्तिथिमा हस्तात्रण गरिएको समाजका महासचिब गोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...