News Portal

पत्रकार कुटिएपछि संघको आपत्ति

हिमाली संचार संवाददाता
४०८ पटक

काठमाडौं– बुधबार फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको क्रममा पत्रकार समिर बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।  संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘क्युज हलका कर्मचारीेले पत्रकारमाथि गरेको दुब्र्यवहारप्रति चलचित्र पत्रकार संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विज्ञाप्तिमा अगाडि भनिएको छ ‘दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज चलचित्र भवनका कर्मचारीबाट पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । सोही क्रममा चलचित्र भवनका कर्मचारीबाट बलामी कुटिएका हुन् ।’

नेपाली फिल्मको सबैभन्दा धेरै कार्यक्रम हुने यो हलमा पत्रकारहरुमाथि यसअघि पनि हलका कर्मचारीले दुव्र्यवहार गर्दै आएका थिए । बुधबार पत्रकार कुटिँदा पनि कार्यक्रम आयोजक शुभ लभ फिल्म युनिट र चलचित्र भवन मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ ।

संघले चलचित्र पत्रकारलाई क्यूज चलचित्र भवनमा रिपोर्टिङमा जाँदा पत्रकार असुरक्षित हुने ठहर गर्दै आफ्ना सदस्यलाई सजक रहन सचेत गराएको छ ।

‘शुभ लभ’ युनिटबाट आपत्ति

समाचार रिपोर्टिङका क्रममा आएका पत्रकारमाथि क्युज हलले कुटपिट गरेको बिषयमा ‘शुभ लभ’ फिल्मले समेत आपत्ति प्रकट गरेको छ । फिल्मका प्रस्तुतकर्ता प्रदिपकुमार उदयले आफ्नो फेसबुकमा उक्त घटनाको बिषय लेखेका छन् ‘ हिजो क्युज सिनेमाजमा हाम्रो शुभ लभको गीत सार्वजनिक गर्ने कार्यक्रममा क्युज सिनेमाजका कर्मचारीहरूबाट पत्रकार मित्रहरूमा भएको दुव्र्यवहार प्रति गम्भीर खेद छ । हाम्रो कार्यक्रममा भएको घटना प्रति हार्दिक क्षमा चाहान्छौ ।’

क्यूज हलले माग्यो माफी

बुधबार पत्रकार कुटिएको घटनाप्रति क्यूज सिनेमा हलले पनि माफी मागेको छ । क्यूज सिनेमाका प्रवन्धक राकेश श्रेष्ठले हस्तलिखित एक विज्ञप्ति जारी गर्दै क्षमा मागेको छ ।
बाह्य श्रोतबाट अनुबन्धित भएका दुई कर्मचारीका कारण घटना घटेको जनाउदै क्युज हलले ति कर्मचारी निष्काशित गरिएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...