News Portal

  • पत्रकार कुटिएपछि संघको आपत्ति

    हिमाली संचार संवाददाता
    ३७२ पटक

    काठमाडौं– बुधबार फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको क्रममा पत्रकार समिर बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।  संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘क्युज हलका कर्मचारीेले पत्रकारमाथि गरेको दुब्र्यवहारप्रति चलचित्र पत्रकार संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

    विज्ञाप्तिमा अगाडि भनिएको छ ‘दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज चलचित्र भवनका कर्मचारीबाट पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । सोही क्रममा चलचित्र भवनका कर्मचारीबाट बलामी कुटिएका हुन् ।’

    नेपाली फिल्मको सबैभन्दा धेरै कार्यक्रम हुने यो हलमा पत्रकारहरुमाथि यसअघि पनि हलका कर्मचारीले दुव्र्यवहार गर्दै आएका थिए । बुधबार पत्रकार कुटिँदा पनि कार्यक्रम आयोजक शुभ लभ फिल्म युनिट र चलचित्र भवन मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ ।

    संघले चलचित्र पत्रकारलाई क्यूज चलचित्र भवनमा रिपोर्टिङमा जाँदा पत्रकार असुरक्षित हुने ठहर गर्दै आफ्ना सदस्यलाई सजक रहन सचेत गराएको छ ।

    ‘शुभ लभ’ युनिटबाट आपत्ति

    समाचार रिपोर्टिङका क्रममा आएका पत्रकारमाथि क्युज हलले कुटपिट गरेको बिषयमा ‘शुभ लभ’ फिल्मले समेत आपत्ति प्रकट गरेको छ । फिल्मका प्रस्तुतकर्ता प्रदिपकुमार उदयले आफ्नो फेसबुकमा उक्त घटनाको बिषय लेखेका छन् ‘ हिजो क्युज सिनेमाजमा हाम्रो शुभ लभको गीत सार्वजनिक गर्ने कार्यक्रममा क्युज सिनेमाजका कर्मचारीहरूबाट पत्रकार मित्रहरूमा भएको दुव्र्यवहार प्रति गम्भीर खेद छ । हाम्रो कार्यक्रममा भएको घटना प्रति हार्दिक क्षमा चाहान्छौ ।’

    क्यूज हलले माग्यो माफी

    बुधबार पत्रकार कुटिएको घटनाप्रति क्यूज सिनेमा हलले पनि माफी मागेको छ । क्यूज सिनेमाका प्रवन्धक राकेश श्रेष्ठले हस्तलिखित एक विज्ञप्ति जारी गर्दै क्षमा मागेको छ ।
    बाह्य श्रोतबाट अनुबन्धित भएका दुई कर्मचारीका कारण घटना घटेको जनाउदै क्युज हलले ति कर्मचारी निष्काशित गरिएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...