अमेरिकाबाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघको घोषणा
न्यूयोर्क – विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (अाइएनजेए) गठन गरेका छन् । अमेरिकाको डीसी महानगर क्षेत्रबाट उनीहरूले अइएनजेएको घोषणा गरेका हुन् ।
गुणराज लुइटेलको अध्यक्षतामा संघ गठन गरिएको हो । बोर्ड अफ ट्रस्टिमा रामचन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्यायसमेत रहेका छन् ।
उपसभापतिहरुमा सुनिलमणि दाहाल (अमेरिका), बिष्णु शितल (अमेरिका), टंक पन्त (एसिया), मनऋषि धिताल (अस्ट्रेलिया), अनुराधा पौडेल (युरोप) र डा.किस्मत भण्डारी (क्यानडा) रहेका छन् ।
यसैगरी महासचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल र कोषाध्यक्षमा बाल्टिमोरका सिर्जना ताम्राकार चयन भएका छन् । संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा र प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन् ।
सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा, बिश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुवईबाट सुवास शर्मा, नेपालबाट कृष्ण ढुंगाना तथा ओमनबाट विनेश खनाल रहेका छन् ।
यसैगरी, साउदीअरबबाट तेजबहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले, स्विटजरल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजीव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराइली तथा सुनिल हुमागाई रहेका छन् ।
यसैगरी सल्लाहकारहरुमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन विश्वविद्यालयका प्रा क्रिस्टोफर जे फरेल, सहायक प्रा जेफ साउथ, एसपीजेका रवीन सिडरस्कि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा घमराज लुइँटेल रहेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (अाइएनजेए) बिधिवत रुपमा दर्तासमेत भएको छ । यो सँस्था अमेरिकाको संघीय तथा राज्य सरकारमा दर्ता भएको हो ।
विश्वभरी छरिएका नेपाली भाषी पत्रकार, सञ्चारकर्मीहरु तथा पत्रकारहरुका छाता संगठनहरुलाई एक सुत्रमा बाँधी उनीहरुको क्षमता अभिबृदि गर्ने, त्यस मूलुकको मूल सञ्चार क्षेत्रमा आबद्ध गराइ ब्यबसायिक पत्रकारिताका लागि पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिइएको छ ।
अाइएनजेएले बुधवार अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी सस्थाको बारेमा बिस्तृत जानकारी गराएको हो ।


















