News Portal

प्रेस विरोधी सरकारको रबैया काँग्रेसले सहन्न सक्दैन : सभापति देउवा

हिमाली संचार संवाददाता
५१९ पटक

लमजुङ : कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रेस विरोधी रबैया काँग्रेसलाई सैह्य नहुने बताउनु भएको छ । देउवाले नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनको उदघाटन गर्दै त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

उहाँले नेपाल सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेमा सरकारका बिरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।

ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको बताउँदै देउवाले प्रेसदेखि कर्मचारीतन्त्रसम्म सरकार हस्तक्षेप गर्न लागि परेको दावी गर्नु भयो । देउवाले भन्नुभयो, ‘सरकार सबै क्षेत्रको हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।

सरकार अराजक शैलीमा उत्रनु मुलुकका लागि दर्भाग्य भएको बताउँदै कांग्रेस सदैव स्वतन्त्र प्रेसस्वतन्त्रको पक्षमा रहेको छ, रहिरहने छ, त्यसमा हुने हस्तक्षेप स्वीकार्य हुँदैन, हामी सहन्नौँ । उहाँले भन्नुभयो, ‘हामी इन्डिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।

सही सूचना दिन पत्रकार लाग्नु पर्नेमा उहाँको जोड थियो । प्रेसका अंकुश लागेमा जनताको सुरक्षामा समेत प्रश्न उठ्ने उहाँले बताउनु भयो ।

अर्को एक प्रसङ्गमा अहिले देशमा हत्या हिंसाको घटनामा वृद्धि हुँदासमेत सरकार मुकदर्शक बनेको बताउँदै काँग्रेस सभापती देउवाले सरकारले निर्मला पन्तको हत्यारलाई बचाउन घटनामा भेटिएको सबै प्रमाण नष्ट गरेको छ भन्नुभयो ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले वर्तमान सरकार लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको बताए ।

ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै उनले भने, ‘स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार पूर्णतः असफल भएको छ ।’

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देलले सरकार प्रेस स्वातन्त्रता विरोधी बनेको बताए । उनले भने अहिलेको सरकार सुचना लुकाउने षडयन्त्रमा लागेको छ ।

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महत, दिलबहादुर घर्ती, पूर्व राजइमन्त्री रामबादुर गुरुङ, पूर्वसहायक मन्त्री डा. रामचन्द्र अधिकारी, काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल सहितले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...