News Portal

मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सवको तयारी पुरा

हिमाली संचार संवाददाता
५२२ पटक

कुवेत : मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा भएको छ। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी २५ मा समाजको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभाको आयोजना गरेको समाजका अध्यक्ष अरुण लिम्बुले जानकारी दिएका छन।

समाजले बार्षिक उत्सबको तथा दोस्रो साधारण सभामा परिचयका साथै कुवेतमा छरिएर रहेका मोरङ सुनसरिका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाइ एकीकृत गराउने लक्ष्य लिएको जानकारी दिइएको छ।

मोरङ सुनसरी सेवा समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भइ सकेको छ।

उक्त तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभालाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक मोरङ सुनसरी सेवा समाज कुवेतले अनुरोध गरेको छ।

     कार्यक्रम हुने

मिति : २५ जनवरी, शुक्रबार २०१९
समय : बिहानको ११ बजे
स्थान : अडिटोरियम हल फर्वानिया
आयोजक : मोरङ सुनसरी सेवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...