News Portal

वरिष्ठ कलाकार गणेश मुनालको निधन

हिमाली संचार संवाददाता
३६९ पटक

काठमाडौं -नेपाली सिनेमा क्षेत्रमा लामो समय आफनो अभिनयबाट योगदान दिएका बरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । चरित्र अभिनेता तथा नकरात्मक भुमिकामा समेत काम गरिसकेका मुनालको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका मुनालको निधन हुनुको कारण भने खुलेको छैन ।

सशक्त अभिनयसंगै वजनदार आवाजको कारण पनि रुचाईएका उनले फिल्महरुसंगै विभिन्न चर्चित टेलिश्रृङखलाहरुमा काम गरेका थिए । उनको केहीबेरमै अन्तिम संस्कार गरिँदैछ । उनको निधनमा यतिबेला चलचित्रकर्मीहरुले दुख तथा शोक व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गर्न दर्जनौँ कलाकारहरु पशुपती आर्यघाट पुगेका छन् ।

उनले लभ लभ लभ , एक पल ,सेतो बाघ, शिरीषको फूल, दिदी भाई ,मिस्टर डन लगायतका फिल्महरुमा काम गरेका छन् भने उनको अभिनय रहेको फिल्म गोपी माघ १८ बाट रिलिज हुँदैछ । सम्भवत यो नै उनको अन्तिम फिल्म हुनेछ । कलाकार गणेश मुनालप्रति हार्दिक श्रद्धान्जली ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...